कुबेर मर्चेन्ट र ललितपुर फाइनान्स शर्तसहित समस्याग्रस्तबाट मुक्त, यस्तो छ राष्ट्र बैंकको निर्देशन

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 13, 2017 | 12:44:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले कुबेर मर्चेन्ट फाइनान्स र ललितपुर फाइनान्सलाई समस्याग्रस्त संस्थाबाट शर्तसहित फुकुवा गरेको छ। अलग अलग समयमा राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको यी फाइनान्स कम्पनीलाई छुट्टाछुट्टै निर्देशन दिंदै शर्तसहित समस्याग्रस्त संस्थाबाट फुकुवा गरेको हो। 

राष्ट्र बैंकको नीतिगत व्यवस्था बमोजिम चुक्तापुँजी र पुँजीकोष कायम गरेको, संस्थामा नयाँ लगानीकर्ताहरु प्रवेश गरी संस्थालाई सुचारु रुपमा संचालन गर्ने प्रतिबद्धता जाहेर गरेको र हाल संस्था सुधारोन्मुख देखिएकोले तोकिका शर्तहरुको पालना गर्ने गरी समस्याग्रस्त अवस्थाबाट मुक्त गरिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले दुवै फाइनान्सलाई ३५ दिनभित्र पूँजीवृद्धि योजना पेश गर्न समेत निर्देशन दिएको छ। दुवै संस्थाले २०७६ मङ्सिर २३ सम्म राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी पुर्याउनुपर्नेछ। 

समस्याग्रस्त अवस्थाबाट पार पाउन कुबेर मर्चेन्टले ६० प्रतिशत सेयर हिस्सा दिएर सिटी एक्सप्रेस निकट केही व्यवसायी, गैर आवासीय नेपाली तथा वैदेशिक रोजगार व्यवसायीलाई लगानीकर्ताको रुपमा भित्र्याएको थियो। कम्पनीले नाम परिवर्तन गरि सिटी एक्सप्रेस इन्टरनेशनल फाइनान्स लिमिटेड राख्ने निर्णय समेत गरिसकेको छ। 

राष्ट्र बैंकले कुबेर मर्चेन्ट फाइनान्सलाई २०६८ पुस २३ गते र ललितपुर फाइनान्सलाई २०७१ चैत १६ गते समस्याग्रस्त घोषणा गरेको थियो।    

 कुबेर मर्चेन्ट फाइनान्सलाई राष्ट्र बैंकका शर्तहरु 

-राष्ट्र बैंकबाट तोकिए बमोजिमको चुक्ता पूँजी दुई बर्ष (२०७६।८।१८) भित्र पुर्याउने गरी पुँजी बृद्धि योजना

तयार गरी ३५ दिनभित्र पेश गर्नु पर्ने ।

-खराव कर्जालाई क्रमिक रुपमा घटाउदै लगि वाञ्छित सीमा भित्र ल्याउनु पर्ने ।

-संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली र जोखिम व्यवस्थापन चुस्त दुरुस्त पार्नु पर्ने ।

-हाल तोकिएको चुक्ता पुँजी नपुगेको अवस्थासम्म एकल ग्राहक कर्जा सीमा कोर क्यापिटलको 

१० प्रतिशत कायम गर्ने तथा तोकिएको चुक्ता पुँजी पुरा भएको अवस्थामा हाल विद्यमान व्यवस्था

अनुरुपको एकल ग्राहक कर्जा सीमा कायम हुनु पर्ने ।


ललितपुर फाइनान्सलाई राष्ट्र बैंकका शर्तहरु 

-राष्ट्र  बैंकबाट तोकिए बमोजिमको चुक्ता पूँजी दुई बर्ष (२०७६।८।१८) भित्र पु¥याउने गरी पुँजी बृद्धि योजना

तयार गरी ३५ दिनभित्र पेश गर्नु पर्ने ।

-खराव कर्जालाई क्रमिक रुपमा घटाउदै लगि वाञ्छित सीमा भित्र ल्याउनु पर्ने ।

-संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली र जोखिम व्यवस्थापन चुस्त दुरुस्त पार्नु पर्ने ।

-यस बैंकको निर्देशन बमोजिम संस्थालाई समस्याग्रस्त अवस्थामा पुर्याउन जिम्मेवार व्यक्तिहरुको

पहिचान गरी प्रचलित कानून बमोजिम कारवाहीको सिफारिस गर्न गठित समितिले पेश गरेको “पहिचान

तथा छानविन प्रतिवेदन २०७३” मा आरोपित भएका व्यक्तिहरु उपर प्रचलित कानुन बमोजिमको

कारवाही प्रक्रियालाई अघि बढाउनु हुन । साथै दुइ महिनाभित्र यस सम्बन्धमा भएको प्रगति विवरण पेश

गर्न पर्ने । 

-हाल तोकिएको चुक्ता पुँजी नपुगेको अवस्थासम्म एकल ग्राहक कर्जा सीमा कोर क्यापिटलको  १० प्रतिशत कायम गर्ने तथा तोकिएको चुक्ता पुँजी पुरा भएको अवस्थामा हाल विद्यमान व्यवस्था अनुरुपको एकल ग्राहक कर्जा सीमा कायम गर्नु पर्ने ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved