माछापुच्छ्रे बैंकद्वारा म्याग्दी जिल्ला अस्पताललाई मेडिकल उपकरण सहयोग

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 14, 2017 | 04:11:42 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैकले जिल्ला अस्पताल म्याग्दी बेनीलाई मेडिकल उपकरण सहयोग गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई मेडिकल उपकरण हस्तान्तरण गरेको हो। 

उक्त उपकरण जिल्ला समन्वय समिती संयोजक देबेन्द्र बहादुर केसी, बेनी नगरपालिकाका मेयर हरि कुमार श्रेष्ठ र बैंकका शाखा प्रबन्धक श्रीधर ढुङ्गानाले संयुक्त रुपमा म्याग्दी जिल्ला अस्पताल व्यस्थापन समितीका अध्यक्ष माधब रेग्मी र डा. अम्बालिका शाक्यलाई हस्तान्तरण गरे। 

बैंकले आँखा, नाक, कान, बाल चिकित्सा सम्बन्धि जाँच गर्ने उपकरण तथा साधारण औषधी समेत गरी रु १,१९,००० बराबरको मेडिकल उपकरणहरु हस्तान्तरण गरेको हो।  

बैकले नेपाल अधिराज्यभर छरिएर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत देशको सामाजिक, आर्थिक, शैक्षिक तथा खेलकुद लगायतका क्षेत्रको बिकासमा उल्लेख्य योगदान गर्दै आएको छ । साथै भविष्यमा पनि यस्ता कार्यक्रमहरु जारी रहने जनाएको छ । 

बैकले देशभर छरिएका आफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ७ शाखा रहित बैकिङ्ग  सेवा समेत गरी जम्मा ७३ स्थानवाट तथा ८४ वटा एटीएमहरु मार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved