जनता बैंकले एकै दिन संचालनमा ल्यायो ४ नयाँ शाखा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 14, 2017 | 05:10:30 PM मा प्रकाशित

laxmi  sunrise bank



जनता बैंकले एकै साथ विभिन्न जिल्लामा ४ नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ। बैंकले सर्लाहीको हरिवन, रौतहटको चन्द्रपुर, नुवाकोटको बट्टार र तनहुँको दमौलीमा गरी चार शाखाहरु संचालनमा ल्याएको हो। 

संचालनमा आएका नयाँ शाखा कार्यालयहरु मध्ये हरिवन शाखा र बट्टार शाखाबाट कात्तिक २३ देखि कारोबार सुचारु भएको छ भने चन्द्रपुर शाखा र दमौली शाखाबाट मङ्सिर २८ देखि कारोबार सुरु भएको हो। 

चन्द्रपुर शाखाको उद्घाटन बैंक संचालक समिति अध्यक्ष केशबबहादुर रायमाझी र रौतहट क्षेत्र नं. ४ का नव निर्बाचित सांसद देवप्रसाद तिमल्सेनाबाट संयुक्त रुपमा भएको हो। 

त्यस्तै हरिवन शाखाको संचालक उद्घाटन रामबहादुर भण्डारी र हरिवन नगरपालिकाका प्रमुख गणेशप्रसाद प्रसाईबाट तथा बट्टार शाखाको उद्घाटन संचालक लङ्कबहादुर के.सी. र बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डीतबाट संयुक्त रुपमा भएको हो भने दमौली शाखाको उद्घाटन  संचालक चिरञ्जीवी द्वा र ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठनाथद न्यौपानेबाट संयुक्त रुपमा भएको हो। 


यस सँगै जनता बैंकले पूर्वको ताप्लेजुङ्ग देखि पश्चिमको दार्चुला सम्म शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा  ९० शाखा, २६ शाखा रहित बैंकिङ्ग, ३ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर तथा ६७ एटिएमहरु मार्फत करिव ५ लाख ग्राहकलाई सेवा पुर्याउदै आइरहेको छ ।  

यस अवधिसम्म बैंकले ५१ अर्ब ७७ करोड निक्षेप संकल गरि ४७ अर्ब ९१ करोड कर्जा लगानी गरेको छ। बैंकले हालै मात्र घोषणा गरेको १४.४ प्रतिशत बोनस शेयर वितरण गर्दा चुक्त पुँजी ८ अर्ब ७ लाख पुग्नेछ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved