लघुवित्त संघको अध्यक्षमा जोशी चयन

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 15, 2017 | 10:30:02 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लघुवित्त बैंकर्स एसोसियसनको अध्यक्षमा रामचन्द्र जोशी चयन भएका छन। संघको १९ औ बार्षिक साधारणसभाले सर्वसम्मतले जोशीलाई अध्यक्ष चयन गरेको हो। 

छिमेक लघुवित्त विकास बैंकका प्रमुख कार्यकारी अधिकृत जोशी यस अघि संघको कार्यबाहक अध्यक्ष थिए। त्यस्तै संघको उपाध्यक्षमा लक्ष्मी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्मा चयन भएका छन। 

साथै संघको महासचिबमा विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत बसन्तराज लम्साल, सचिवमा नेसनल माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादव र कोषाध्यक्षमा मेरो माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहाल चयन भएका छन।      

त्यस्तै संघको कार्य समिति सदस्यहरुमा ग्रामीण विकास बैंकका पर्वत कार्की, फर्स्ट माइक्रोफाइनान्सका भेषराज पन्थी, किसान माइक्रोफाइनान्सका इन्द्रकुमार शाह, समिट माइक्रोफाइनान्सका देबेन्द्र बस्नेत, मिथिला लघुवित्तका गोविन्द चापागाँई र एनएमबी माइक्रोफाइनान्सका तिर्थरत्न कोनाजु छन। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved