जनता बैक र गुराँस लाईफ इन्स्योरेन्सबिच बैंकासुरेन्स सम्झौता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 15, 2017 | 02:14:19 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैक नेपाल लिमिटेड र गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड बिच बैंकासुरेन्स (Bancassurance) सेवासम्बन्धी सम्झौता सम्पन्न भएको छ । आफ्ना निक्षेप तथा कर्जा ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली मार्फत जीवन तथा निर्जीवन बीमा सेवा प्रदान गर्ने क्रमको निरन्तरता दिन बैंकले उक्त सम्झौता गरेको जनाएको छ । 

जनता बैंक नेपाल लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत  पृथ्वी नारायणश्रेष्ठ र गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत   नारायणकुमार भट्टराईले बैंकासुरेन्स सेबा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता अनुसार ग्राहकहरुले जनता बैंकको शाखा कार्यालयहरुबाट छिटो,छरितो तथा सहज रुपमा उक्त कम्पनीहरुको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्ने छन्  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved