विपन्न वर्गमा ४ अर्ब लगानी गर्ने मेगा बैंकको लक्ष्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 18, 2017 | 05:03:38 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंकले विपन्न वर्गका लागि चालु आर्थिक बर्षको अन्त्यसम्ममा चार अर्ब रुपैयाँ कर्जा पुर्याउने भएको छ। प्रेस बिज्ञप्ति जारि गर्दै बैंकले आर्थिक बर्षको अन्तिमसम्म ४ अर्ब रुपैयाँ बिपन्न बर्गमा लगानी गर्ने जानकारी गराएको हो। 

मेगा बैंकको लघुवित्त इकाइले देशभरका ५० वटा संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा कामु सिइओ खुञ्जेलीले अहिलेसम्म २ अर्ब ४६ करोड लगानी भइसकेको उल्लेख गरिन्।

‘बैंकको मूल लक्ष्य नै हलोदेखि हाइड्रो सम्म लगानी गर्नु हो’ उनले भनिन् ‘विपन्न वर्गका लागि गरेको कर्जाको असुलीमा जोखिम समेत न्यून भएकाले प्राथमिकता दिएका हौँ।’

कार्यक्रममा लघुवित्त विज्ञ डा. नरहरि ढकालले लघुवित्त संस्थाले संचालन खर्च कम गर्न सूचना प्रविधिको प्रयोगमा जोड दिनुपर्ने बताए। अर्का लघुवित्त विज्ञ मेघराज गजुरेलले लघुवित्त संस्थाले कर्मचारीको उत्पादकत्व बढाउनुपर्नेमा जोड दिए।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved