एभरेष्ट बैंकले ल्यायो ‘एभरेष्ट स्पेशल सेभिङ’ योजना, खाता खोल्नेलाई ५ लाखको बिमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 21, 2017 | 12:40:34 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंकले ‘एभरेष्ट स्पेशल सेभिङ’ नामक नयाँ निक्षेप खाता संचालनमा ल्याएको छ । बैंकले आफ्नो केन्द्रिय कार्यलयमा एक कार्यक्रमको आयोजना गरी उक्त खाता संचालनमा ल्याएको हो ।

त्यसैगरी बैंकले यो खाता खोल्ने ग्राहकलाई निःशुल्क डबिट कार्ड, इन्टरनेट र एसएमएस सुबिधासमेत दिने जनाएको छ । साथै कुनै पनि ब्रान्चबाट कारोवार, डिम्याट एकाउन्ट र लकर सुविधामा ५० प्रतिशत छुट दिने बैंकले जनाएको छ । साथै आफ्ना ग्राहकलाई ४ प्रतिशत आर्कषक ब्याजदरमा क्रेडिट कार्ड समेत उपलब्ध गराउने छ ।

यो खाता संचालनमा ल्याएसँगै बैंकले यो खाता खोलने आफ्ना ग्राहकलाई विषेश सुविधाहरु दिने जनाएको छ । यो खाता खोल्ने ग्राहकले ५ लाख रुपैयाँ बराबरको दुर्घटना मृत्यु बीमा र एक लाख रुपैयाँ बराबरको औषधी उपचार बीमा प्राप्त गर्न सक्ने छन् ।

त्यसैगरी बैंकले यो खाता खोल्ने ग्राहकलाई निःशुल्क डबिट कार्ड, इन्टरनेट र एसएमएस सुबिधासमेत दिने जनाएको छ । साथै कुनै पनि ब्रान्चबाट कारोवार, डिम्याट एकाउन्ट र लकर सुविधामा ५० प्रतिशत छुट दिने बैंकले जनाएको छ । साथै आफ्ना ग्राहकलाई ४ प्रतिशत आर्कषक ब्याजदरमा क्रेडिट कार्ड समेत उपलब्ध गराउने छ ।

हाल बैंकले आफ्नो अत्याधुनिक सेवा देशभर फैलिएर रहेका ६४ शाखा, २ वटा एक्स्टेन्सन काउन्टर, २६ राजस्व संकलन केन्द्र, ९४ एटिएम मेसिन र ५ हजार एभरेष्ट रेमिटका भुक्तानी एजेण्टहरु मार्फत सेवा दिदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved