ग्लोबल आइएमई बैंकको ५६ औ शाखारहित बैकिङ्ग सेवा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 21, 2017 | 05:14:58 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंकले बुधबार तेह्रथुम जिल्लाको लालीगुरासँ नगरपालिका लसुनेमा आफ्नो ५६ औँ शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र लालिगुराँस नगरपालिकाका मेयर अर्जुन बाबु माबुहाङ्गलेसंयुक्त रुपमा व्यवसायिक प्रतिनिधिलाई प्रमाण पत्र हस्तान्तरण गरी सेवाको उदघाटन गरे।

स्थानीय अर्जुन श्रेष्ठलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।  कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको यस क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यता हट्दै जाने बैंकको विश्वास छ।

असोज मसान्तसम्म १ खर्व ४ अर्व निक्षेप, ८८ अर्ब ७७ करोड कर्जा लगानी गरेको बैंकको हाल १०८ वटा शाखाहरु संचालनमा छन्।१२६ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ५६ शाखा रहित बैंकिङ्ग सेवा पुगेका छन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved