गुडविल फाइनान्सले थाल्यो ‘आई एम एमबिए' अभियान, बचत र आर्जन गर्न सिकाउने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 27, 2017 | 08:24:24 AM मा प्रकाशित

laxmi  sunrise bank

गुडविल फाइनान्सले बचत तथा आर्जनको महत्त्वबारे जानकारी गराउने उदेश्यले 'आइएम एमबीए' कार्यक्रमको शुभारम्भ गरेको छ। झट्ट सुन्दा अनौठो र आकर्षण लाग्ने 'आइएम एमबिए' लाई सामान्य अर्थमा राख्दा मास्टर इन बचत र आर्जन हुने फाइनान्सले जनाएको छ। 

'सामान्य अर्थमा भन्नु पर्दा आइएम एमबीए भनेको मैले एमबिए पास गरेको छु होइन, यसको अर्थ म बचत र आर्जनको मास्टर हुन् अर्थात शिक्षक हुँ भन्ने हुन्छ' फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधरले भने। 'बैंकिङ क्षेत्रमा हामि बर्षौंदेखि छौं अब हामि बचत र आर्जनको महत्त्व बुझाउने अभियानमा छौं।'

फाइनान्सले सुभारम्भ गरेको 'बचत तथा आर्जन' सम्बन्धि 'आइएम एमबिए' वित्तीय साक्षरता अभियानले प्लसटु, स्नातक तथा गृहिणीहरुलाई लक्षित गरिने बताएको छ। विभिन्न स्कुल, कलेजमा पुगेर वर्कशप आयोजना गरि बिद्यार्थीहरुलाई बचत र आर्जनको महत्त्व सिकाउने र बचत तथा आर्जन गर्न सिकाउने फाइनान्सले जनाएको छ। 

बचत र आर्जन सम्बन्धमा वित्तीय साक्षरता वृद्धि गर्ने उदेश्यले गुडविल फाइनान्सले 'सेभिग फोर इन्कम' नामक पुस्तक समेत सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंकका संस्थापक गभर्नर हिमालय शमशेर जवरा मार्फत उक्त पुस्तक सार्वजनिक गरिएको हो। 


पुस्तकमा वित्तीय साक्षरताको महत्त्व सम्बन्धमा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तुलाधार, नेपाल बैंकर एसोसिएसनका अध्यक्ष अनिल शाह, राष्ट्र बैंकका डिपुटी गभर्नर शिब राज श्रेष्ठ र चिन्तामणि शिवाकोटी,राष्ट्र बैंकका संस्थापक गभर्नर हिमालय शमशेर जबरा लगायतको अन्तर्वार्ता तथा बचत तथा आर्जन सम्बन्धमा लेख, टिप्स र जानकारीहरु समावेश गरिएको छ। 

त्यस्तै फाइनान्सले सहजढंगले वित्तीय साक्षरता अभियानलाई देशभर फैलाउने उदेश्यले एप समेत सार्वजनिक गरेको छ। उक्त एपको उद्घाटन  एक कार्यक्रम मार्फत नेपाल राष्ट्र बैंकका संस्थापक गभर्नर हिमालय शमशेर जबराले गरे।   

उक्त एपमा वित्तीय साक्षरता अभियानसंग सम्बन्धित जानकारी, पुस्तकमा भएका जानकारी, क्यालकुलेटर लगायतका जानकारी मुलक फिचरहरु राखिएको छ। साथै भविष्यमा उक्त एपमा आवश्यकता अनुसार फिचरहरु थप गरिने जानकारी दिइएको छ।

झण्डै ४० प्रतिशत नेपालीसम्म वित्तीय पहुँचमा नपुगेको अवस्थामा वित्तीय साक्षरता र बचत र आर्जनमा उत्प्रेरण वृद्धि गराउने उदेश्यले फाइनान्सले थालेको यस अभियान वित्तीय साक्षरता फैलाउन कोशे ढुंगा साबित हुने राष्ट्र बैंकका डिपुटी गभर्नर शिब राज श्रेष्ठले बताए।  

साथै फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काष्ठमाण्डपको होलोग्राम बनाएर काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गरेको छ । उक्त होलोग्राम काठमाडौं महानगरपालिकाका मेयर बिद्या सुन्दर शाक्यलाई हस्तान्तरण गरिएको छ। बसन्तपुर दरवार क्षेत्रमा सर्वसाधारणले देख्ने गरि होलोग्राम राखिने मेयर विद्यासुन्दर शाक्यले बताए। होलोग्रामको मर्मत फाइनान्सले गर्ने भएको छ।


 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved