महालक्ष्मी विकास बैंकद्वारा बिद्यालयलाई शैक्षिक सामाग्री सहयोग

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 27, 2017 | 02:24:31 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी बिकास बैंक लि को सीन्धुपाल्चोक स्थिर खाडीचौर शाखाले जिल्लाको बलेफी गाउँपालीका ०७, खाडीचौर स्थित श्री बालशिक्षा माध्यामीक बिद्यालयका कक्षा १ देखी ५ सम्मका सम्पूर्ण बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको छ । 

संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बैंकले बिद्यालयको ५३ औँ वार्षिकोत्सवको अवसरमा सो बिद्यालयमा अध्यनरत कक्षा १ देखी ५ सम्मका सम्पूर्ण बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको हो । उक्त शैक्षिक सामाग्री महालक्ष्मी बिकास बैंक लि.खाडिचौर शाखाका शाखा प्रबन्धक रानु लामाले बिद्यालयका प्रधानाध्यापक वासु पौड्याललाई हस्तान्तरण गरेका हुन ।

बैँकले प्रदान गरेको उक्त शैक्षिक सामाग्रीबाट गरिब समुदायका १ सय १० बिद्यार्थी लाभान्वीत भएका छन् । संस्थागत सामाजिक उत्तरदायित्वसंग सम्बन्धित बिभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको महालक्ष्मी विकास बैंक लि.ले यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिदैं जाने प्रतिबद्धता जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved