८ बर्षपछी पुरानै घर फर्किए अनिल शाह, माघ ५ देखि नबिल बैंक सम्हाल्ने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 28, 2017 | 07:12:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिल शाह नियुक्त भएका छन। बैंकको बिहिबार बसेको संचालक समितिको बैठकले शाहलाई ४ बर्षका लागि प्रमुख कार्यकारीमा नियुक्त गरेको हो। 

नबिल बाटै बैंकिङ करियर सुरु गरेका शाह ८ बर्षपछि नबिलमा नै फर्किएका छन। मेगामा दुई कार्यकाल सकेका शाहले सेन्चुरीमा जाने तयारि गरेपनि त्यहाँ तलबको कुरा नमिल्दा अन्तत: पुरानै घर फर्केका हुन। मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत रहँदै शाहले सेञ्चुरी सञ्चालक समितिसँग चार बर्षका लागि करार सम्झौता गरेका थिए।

नबिलबाट आफ्नो बैंकिङ करिअर सुरु गरेका शाहले बैंकको प्रमुख कार्यकारी रहँदै नेपाल बैंकमा आबेदन दिएका थिए तर त्यो प्रकृया खारेज भएपछि शाहले नैतिकताको आधारमा भन्दै नबिल छाडेर मेगा बैंकको संस्थापक सीईओ बनेका हुन। 

बैंक तथा वित्तीय संस्था सम्बन्धि बिधेयक बाफिया को प्राबधान अनुसार एकै बैंकमा लगातार दुई कार्यकाल बस्न नपाउने भएपछी शाहले मेगाको प्रमुख कार्यकारी रहँदै सेन्चुरीमा जाने सम्झौता गरेका थिए। तर शाहले सेन्चुरीबाट लिने तलब तथा सुविधामा राष्ट्र बैंकले प्रश्न गरेपछि शाह नबिल पुगेका हुन। शाहले फागुन ५ गतेदेखि नबिल बैंकमा प्रमुख कार्यकारीको पद सम्हाल्नेछन।     


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved