५ अर्ब निष्काशन गर्दा १९ अर्बको माग, वित्तीय बजारमा फेरी १० अर्ब रुपैयाँ पठाउँदै राष्ट्र बैंक

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 02, 2018 | 07:44:05 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंकिङ प्रणालीमा तरलता अभाब भएको भन्दै नेपाल राष्ट्र बैंकले वित्तीय बजारमा १० अर्ब रुपैयाँ पठाउने भएको छ। आइतबार राष्ट्र बैंकले विकास ऋणपत्र खरिद गरेर पाँच अर्ब रुपैयाँ बजारमा पठाएको थियो। 

राष्ट्र बैंकले बिकास ऋणपत्र मार्फत ५ अर्ब निष्काशन गर्दा १९ अर्बको माग आएपछि बुधबार १० अर्ब बजारमा पठाउन लागेको हो। ५ अर्बको ऋणपत्र खरिद गर्दा १८ बाणिज्य बैंक, २ विकास बैंक र १ बित्त कम्पनी गरि २१ संस्थाले रकम माग गरेका थिए। बैंकहरुले ३ देखि साढे ४ प्रतिशतसम्म ब्याज कबुलेर पैसा लगेको राष्ट्र बैंकले जनाएको छ।  

राष्ट्र बैंकका प्रवक्ता नारयण प्रसाद पौडेलका अनुसार बैंक तथा वित्तीय संस्थाले हालसम्म कुल २ खर्ब ३५ अर्ब रुपैयाँ विकास ऋणपत्रमा लगानी गरेका छन। चालु आर्थिक बर्षको साउन यता मात्र बैंक वित्तीय संस्थाले सरकारी ऋणपत्रमा ७२ अर्ब लगानी गरेका छन।

बैंक वित्तीय संस्थाले बैंकिङ प्रणालीमा लगानी योग्य रकमको अभाब भएको भन्दै १३।०५ प्रतिशत ब्याज तिरेर बजारबाट पैसा उठाउन थालेपछी राष्ट्र बैंकले त्यसको व्यवस्थापन गर्न बजारमा पैसा पठाउन थालेको हो। राष्ट्र बैंकले बैंकिङ प्रणालीमा ३१ अर्ब अधिक तरलता रहेको दाबि गर्दै आएको छ। 

यद्दपी बैंकहरुले थप रकम माग गरेको अवस्थामा ब्याजदर करिडोर अन्तर्गत रिपो मार्फत आवश्यक रकम बिस्तारै बजारमा पठाइने राष्ट्र बैंकले जनाएको छ। तर बैंकहरु भने राष्ट्र बैंकको रिपोमा अनिच्छुक देखिएका छन।       


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved