गभर्नर नेपालले सार्वजनिक रुपमै बैंकका सीईओहरुलाई हप्काए, भने, 'दोष तपाईहरुकै हो'

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 02, 2018 | 06:21:51 PM मा प्रकाशित

laxmi  sunrise bank


नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवि नेपालले बैंकरहरुको कार्यशैली प्रति कडा आलोचना गरेका छन। ग्लोबल आईएमई बैंकको नयाँ कर्पोरेट कार्यलयको उद्घाटन समारोहलाई सम्बोधन गर्दै गभर्नर डा.नेपालले निक्षेप संकलन गर्न नसके चुप लागेर बस्न सुझाब दिएका छन।    

गभर्नर डा.नेपालले बैंकहरुले निक्षेप भन्दा बढी लगानी गरेको भन्दै अहिलेको अवस्था आउनुमा बैंकहरु दोषी रहेको दाबि गरेका छन। अधिकांश बैंकहरुका प्रमुख कार्यकारी अधिकृत उपस्थित भएको उक्त कार्यक्रममा उनले भने, '१ खर्ब ६ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ६७ अर्ब लगानी गर्दा पुंजीको अभाब भएको हो।' 

'कि निक्षेप बढाउनुहोस, होइन भने चुप लागेर बस्नुहोस' गभर्नर डा.नेपालले भने, 'निक्षेप नबढाई लगानी गर्दा अहिलेको समस्या देखिएको हो, क्षमता अनुसार लगानी गर्नुहोस।'

पछिल्लो समय बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको अभाब भएको भन्दै बैंकहरुबीच मुद्दती खाताको ब्याज बढाउने होडबाजी सुरु भएको छ। राष्ट्र बैंकले तरलता अभाब व्यवस्थापन गर्न आइतबार ५ अर्ब रुपैयाँको बिकास ऋणपत्र जारि गरेको थियो भने २ अर्ब बढी रुपैयाँ १ बर्षलाई बैंक वित्तीय संस्थामा मुद्दतीमा राखेको छ। साथै राष्ट्र बैंकले पुष १९ गते १० अर्ब रुपैयाँ वित्तीय बजारमा पठाउने तयारि थालेको छ। 

वीरगञ्जमा रजिष्टर्ड कार्यालय राखी स्थापना भएको ग्लोबल आइएमई बैंकले स्थापनाको ११ वर्षमा आफ्नै कर्पोरेट/रजिष्टर्ड कार्यालय स्थापना गरेको छ।  सो अवसरमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल,नेपाल उद्योग वाणिज्य संघका पदाधिकारी, विभिन्न संघसस्थाका प्रतिनिधि लगायतको उपस्थिति थियो। 

वार्षिकोत्सवकै अवसरमा एकै दिन बैंकले ५ स्थानमा शाखा कार्यालयहरु संचालनमा ल्याएको छ। बैंकले नवनिर्मत भवन कमलादी, भक्तपुर जिल्लाको गोठाटार, बैतडी जिल्लाको पुर्चौडी नगरपालिका, गुल्मी जिल्लाको गौडाकोट र झापा जिल्लाको दमक नगरपालिकामा गरी ५ शाखाहरु सञ्चालनमा ल्याएको हो। ति ५ शाखा संचालनमा ल्याएसँगै हाल कुल संख्या ११३ पुगेको छ।   



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved