टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडद्वारा एकैसाथ ५ स्थानमा शाखा सञ्जाल विस्तार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 03, 2018 | 03:03:37 PM मा प्रकाशित

laxmi  sunrise bank

टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तारको क्रममा काठमाडौं जिल्ला स्थित ज्ञानेश्वर शाखा र ३ वटा नयाँ एक्सटेन्सन काउन्टर र भक्तपुर  जिल्ला स्थित सुर्यविनायक शाखाको औपचारिक उद्घाटन गरेको छ ।

  आज बुधबार  काठमाडौं महानगरपालिकाका प्रमुख  विद्यासुन्दर शाक्य र बैंक संचालक समितिका अध्यक्ष प्रा.डा. पुष्पराज कंडेलले संयुक्त रुपमा ज्ञानेश्वर शाखाको उद्घाटन गरेका हुन् । त्यस्तै भक्तपुर जिल्ला स्थित सुर्यविनायक शाखाको उद्घाटन सुर्यविनायक नगरपालिकाका प्रमुख  वासुदेव थापा , भक्तपुर उद्योग वाणिज्य सघंका अध्यक्ष  कृष्ण प्रसाद अवाले  एवं बैंकका संचालक   ठाकुर प्रसाद भट्टराईले संयुक्त रुपमा गरेका हुन् ।

बैंकले आजै काठमाडौंको कागेश्वरी मनहरा न. पा. स्थित गोठाटार, नागार्जुन न. पा. स्थित राधाकृष्ण मन्दिर तथा चन्द्रागिरी न. पा. स्थित दहचोक एक्सटेन्सन काउन्टरको पनि औपचारिक उद्घाटन गरेको छ । बैंकको गोठाटार एक्सटेन्सन काउन्टरको उद्घाटन कागेश्वरी मनहरा नगरपालिकाका प्रमुख  कृष्णहरि थापा तथा बैंकका संचालक  श्यामराज थपलियाले संयुक्त रुपमा गरे  भने राधाकृष्ण मन्दिर एक्सटेन्सन काउन्टरको उद्घाटन नागार्जुन नगरपालिकाका प्रमुख  मोहन बहादुर बस्नेतज्यू तथा बैंक व्यवस्थापनबाट प्रबन्धक कमल कंडेलले संयुक्त रुपमा गरे  ।

त्यस्तै दहचोक एक्सटेन्सन काउन्टरको उद्घाटन चन्द्रागिरी नगरपालिकाका प्रमुख, घनश्याम गिरी, उद्योग वाणिज्य सघं चन्द्रागिरीका अध्यक्ष राजेन्द्र बानियाँ तथा बैंकका संचालक दिपक महतले संयुक्त रुपमा गरे ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved