नेपाल बैंकर्स एशोसिएशनको अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगाना हुने निश्चित भएको छ । अध्यक्ष चयन गर्न एशोसिएशनले आज बिहिबार साँझ विशेष साधारण सभा डाकेको छ । अध्यक्ष पदको लागि ढुंगानाको एकल उम्मेदवारी परेकोले साधारणसभालले उनलाई निर्बिरोध चयन गर्ने भएको हो ।
ढुंगाना नेपाल बंगलादेश बैंकका सीईओ तथा नेपाल बैंकर्स एशोसिएशनका हालका उपाध्यक्ष हुन् । ढुंगाना अध्यक्षमा चयन भएसँगै उपाध्यक्ष पद भने खाली हुने छ ।
यस अघि एशोसिएशनको अध्यक्ष अनिल केशरी शाह थिए । मेगा बैंकका सीइओ रहेका शाहले मेगा बैंकको जागिर छोडेसंगै एशोसिएशनको अध्यक्ष पद स्वत: रिक्त भएको थियो ।
सरकारले ८३ हजार कर्मचारीलाई लक्षित गरी स्वेच्छिक अवकाशको प्य
बैसाख ३१ मा सम्पन्न भएको स्थानीय तह निर्बाचनको अन्तिम मत परि
भोली बिहिबार काठमाडौँ उपत्यकामा सार्बजनिक विदा हुने भएको छ&n
सरकारले भोली शुक्रबार अर्थात मङ्सिर १५ गते सार्वजनिक बिदा दि