बैंकर्स संघको अध्यक्षमा एनबि बैंकका सीईओ ढुंगाना निर्विरोध निर्वाचित

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 04, 2018 | 11:39:13 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्षमा नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना निर्विरोध निर्वाचित भएका छन। 

पुष २० गते बस्ने बैंकर संघको बिशेष साधारणसभाले ढुंगानाको उम्मेद्वारीलाई अनुमोदन गर्ने कार्यक्रम रहेको जनाइएको छ। मेगा बैंकबाट अनिल शाह बाहिरिएपछी ढुंगाना संघको कार्यबाहक अध्यक्ष भएका थिए। ढुंगानालाई नै अध्यक्ष बनाउने भद्र सहमति भएकाले अन्य बैंकरले उम्मेदवारी नदिएको बताइएको छ। 

संघमा उपाध्यक्ष रहेका ढुंगाना आगामी दुई बर्षका लागि अध्यक्ष चुनिनेछन। ढुंगाना अध्यक्षमा नियुक्त भएसंगै उपाध्यक्ष पद खाली हुनेछ। रिक्त उपाध्यक्ष पदमा कसलाई ल्याउने भन्नेबारे कुनै औपचारिक धारणा बाहिर आएको छैन। यद्दपी कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाला उपाध्यक्ष बनाउन खोजिएको छ।    


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved