एनआईसी एशिया बैंकले सिन्धुलीमाडी र बेसीशहरमा आफ्नो शाखा विस्तार गरेको छ । बैंकले कमलामाई नगरपालिका वडा नं. ०६, सिन्धुलीमाडी, सिन्धुली र बेसीशहर नगरपालिका वडा नं ०७, बेसीशहर, लम्जुङ्गमा आज आइतबार शाखाको उद्घाटन गरेको हो । सिन्धुली जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष बिनेश कुमार श्रेष्ठले सिन्धुली शाखाको र लम्जुङ्ग जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष राजेश थापाले बेसीशहर शाखाको औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।
शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । उल्लेखित २ शाखा कार्यालयहरुको उद्घाटन सँगै हाल यस बैंकले अधिराज्यभर १५६ शाखा कार्यालयहरु, १४१ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।
सरकारले ८३ हजार कर्मचारीलाई लक्षित गरी स्वेच्छिक अवकाशको प्य
बैसाख ३१ मा सम्पन्न भएको स्थानीय तह निर्बाचनको अन्तिम मत परि
भोली बिहिबार काठमाडौँ उपत्यकामा सार्बजनिक विदा हुने भएको छ&n
सरकारले भोली शुक्रबार अर्थात मङ्सिर १५ गते सार्वजनिक बिदा दि