एनआईसी एशिया बैंकद्वारा आँबुखैरेनी र हरमटारीमा शाखा विस्तार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 08, 2018 | 03:34:03 PM मा प्रकाशित

laxmi  sunrise bank

एन आई सी एशिया बैंकले आँबुखैरेनी र हरमटारीमा शाखा विस्तार गरेको छ  । बैंकले आज सोमबार  आँबुखैरेनी गाँउपालिका वडा नं. ०३, आँबुखैरेनी, तनहुँ  र गोरखा नगरपालिका वडा नं ०६, हरमटारी, गोरखामा शाखा उद्घाटन गरेको हो । आँबुखैरेनी गाँउपालिकाका अध्यक्ष   गिर बहादुर थापाले आँबुखैरेनी शाखाको र गोरखा जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष   श्रवण कुमार जोशीले गोरखा शाखाको औपचारिक उद्घाटन गरेका हुन् ।


शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । उल्लेखित २ शाखा कार्यालयहरुको समुद्घाटन सँगै हाल यस बैंकले अधिराज्यभर १५६ शाखा कार्यालयहरु, १४१ एटिएम एवंम् ४ एक्स्टेन्सन  काउन्टरहरुबाट ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved