गोरखामा एनआइसी एसिया बैंकको १४४ औं शाखा

मोहसिन अलि मियाँ

मोहसिन अलि मियाँ

Jan 09, 2018 | 08:07:20 AM मा प्रकाशित

laxmi  sunrise bank

गोरखामा केहि समयदेखि सेवा सुरु गरेको एन आई सी एशिया बैंकको औपचारिक उद्घाटन भएको छ । सदरमुकामको हरमटारी स्थित रहेको शाखाको उद्योग बाणिज्य संघ गोरखाका अध्यक्ष श्रवण कुमार जोशीले एक कार्यक्रमका बिच उद्घाटन गरेका छन् ।

शाखाको उद्घाटन गर्दै अध्यक्ष जोशीले जिल्लामा बैंकहरु भित्रनु ब्यवसायी र जनताका लागि फाइदाको कुरा भएको बताएका छन् । ब्यवसायीको लगानी जुटाइदिने स्रोत बैंक भएको भन्दै अध्यक्ष जोशीले एनआइसी एशियाको स्थापनाले जिल्लाको पुनःनिर्माणमा समेत टेवा पुर्याउनेमा बिश्वास ब्यक्त गरेका छन् । ‘बैंक त जति सक्दो धेरै भित्रिएको राम्रो हो, यसले त हामी ब्यवसायी र जिल्लावासीलाई नै राम्रो हुने हो’ अध्यक्ष जोशीले भने ।

निजि क्षेत्रको बैंकमा शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया अग्रणी बैंकहरु मध्ये एक भएको क्षेत्रिय प्रवन्धक दिपेन्द्र शर्माले बताएका छन्  । बैंकले देशभर १५६ शाखा कार्यालयहरु, १४१ एटिएम एवंम् ४ एक्स्टेन्सन  काउन्टरहरुबाट ग्राहकलाई सेवा दिइरहेको शर्माको भनाई छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको समेत शर्माले बताएका छन् ।

बैंकमा शून्य मौज्जादमा नै खाता खोल्न सक्ने र उक्त खातामा दैनिक मौज्जादमा त्रैमासिक भूक्तानी हूनेगरी बार्षिक ८ प्रतिशतका दरले ब्याज दिने गोरखा शाखा प्रवन्धक राजेन्द्र पुडासैनीले जानकारी दिएका छन् । एनआइसी एशियाको गोरखामा भने १ सय ४४ औ शाखा हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved