प्राइम कमर्शियल बैंकको बोनस स्वीकृत, बैशाख १७ पछि शेयर किन्नेलाई बोनस पाउन सास्ती

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 11, 2018 | 06:06:07 PM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम कमर्सियल बैंकको साधारणसभाबाट बोनस स्वीकृत भएको छ। बैंकको दशौँ बार्षिक साधारणसभाले गत आर्थिक बर्षको कमाईबाट २७ प्रतिशत बोनस प्रस्ताब पारित गरेको हो। 

साधारणसभा प्रयोजनका लागि बैंकले पुष ५ गतेसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले पुष ४ सम्म कायम शेयरधनीहरुले प्राइम बैंकको बोनस शेयर प्राप्त गर्नेछन। गत बैशाख १७ पछि बैंकको शेयर खरिद गर्नेहरुले भने बोनस शेयरमा लाग्ने कर तिरेपश्चात मात्र बोनस शेयर पाउनेछन। 

विराटलक्ष्मी विकास बैंक र कन्ट्री डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेकाले गत बैशाख १७ सम्म कायम शेयरधनीहरुले बोनस बापत लाग्ने कर तिर्नु नपर्ने बैंकले जनाएको छ।   

बोनस प्रस्ताब पारित भएसंगै बैंकको चुक्ता पुंजी ८ अर्ब ३ करोड ३३ लाख पुगेको छ। बैंकले गत आर्थिक बर्ष १ अर्ब ४८ करोड खुद मुनाफा गरेको थियो। त्यस्तै चालु आर्थिक बर्षको पहिलो त्रैमासमा बैंकले ३४ करोड १७ लाख खुद मुनाफा गरेको छ।

साथै 

बैंकको साधारण सभाले गजेन्द्र विष्टलाई सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरि सञ्चालक नियुक्त गरेको छ।   


 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved