जनता बैंकका नवनिर्वाचित अध्यक्ष रायमाझी र संचालकद्धारा सपथ ग्रहण

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 15, 2018 | 09:12:23 AM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंकका नवनिर्वाचित अध्यक्ष केशवबहादुर रायमाझीले नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा गभर्नर डा.चिरञ्जीवी नेपालबाट पद तथा गोपनियताको सपथ ग्रहण गरी पदभार ग्रहण गरेका छन। 

गत पुस २९ गते सम्पन्न संचालक समितिको बैठकबाट रायमाझी सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका हुन।

त्यस्तै आइतबार  बैंकमा आयोजित एक कार्यक्रममा नवनिर्वाचित संचालकहरु लंङ्कबहादुर के.सी., रामबहादुर भण्डारी, गौतमप्रसाद खनाल, विनितकुमार अग्रवाल र संजिव न्यौपानेलाई संचालक समितिका अध्यक्ष रायमाझीले सपथ ग्रहण गराएका छन। नवनिर्वाचित संचालकहरुले आजैबाट पदभार ग्रहण गरेका छन् ।

सपथ ग्रहण पश्चात अध्यक्ष रायमाझीले आगामी ५ बर्ष भित्र जनता बैंकलाई अग्रणी बैंकका रुपमा रुपान्तरण गरीने प्रतिबद्धता व्यक्त गरेका छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved