एनआईसी एशिया बैंकको नयाँ शाखा झापाको झिलझिलेमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 18, 2018 | 02:48:35 PM मा प्रकाशित

laxmi  sunrise bank

एन आई सी एशिया बैंकले झापाको झिलझिले आफ्नो नयाँ शाखा विस्तार गरेको छ । बैंकले  शिवसताक्षी नगरपालिका वडा नं. ०८, झापा स्थित झिलझिले शाखा स्थापना गरेको हो  । आज बिहिबार उक्त शाखाको उद्घाटन  नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर   शिवराज श्रेष्ठले गरेको बैंकले जानकारी दिएको छ ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । यस बैंकले अधिराज्यभर १५७ शाखा कार्यालयहरु, १४६ एटिएम एवंम् ४ एक्स्टेन्सन  काउन्टरहरु मार्फत ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखाहरु संचालन गर्ने योजना अगाडी सारेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved