३५ अर्बले नपुगेपछि वित्तीय बजारमा फेरी १० अर्ब पठाउँदै राष्ट्र बैंक, तरलता अभाबको दोषी को ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 18, 2018 | 08:18:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता अभाब कायम नै रहेको भन्दै वित्तीय बजारमा फेरी १० अर्ब पठाउने भएको छ। वित्तीय बजारमा गत महिना मात्रै ३५ अर्ब पठाएको राष्ट्र बैंकले शुक्रबार अर्थात माघ ५ मा फेरी १० अर्ब पठाउन लागेको हो। 

राष्ट्र बैंकले गत महिना पटक पटक गरि ३५ अर्ब वित्तीय बजारमा पठाउँदा बैंकहरुले २८ अर्ब मात्र लिएका थिए। ३५ अर्बले नपुगेपछि केन्द्रीय बैंकले फेरि १० अर्ब रुपैयाँ बजारमा पठाउने भएको हो। यस संगै राष्ट्र बैंकले वित्तीय बजारमा पठाएको रकम ४५ अर्ब पुग्नेछ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुसँग रहेको विकास ऋणपत्र खरिद गरेर शुक्रबार १० अर्ब बैंकिङ प्रणालीमा पठाउन लागेको हो। राष्ट्र बैंकले बजारमा तरलता कायम गर्नका लागि उनीहरुले किनेको ऋणपत्र सोझै खरिदको बोलकबोलको सूचना जारी गरेको छ।

बैंकहरुले माघ ५ गते दिउँसो १२ बजेसम्म आफुसंग भएको बिकास ऋणपत्र के कति मुल्यमा बिक्रि गर्ने हो त्यससम्बन्धि जानकारी राष्ट्र बैंकमा गराउनु पर्नेछ। विकास ऋणपत्रको ब्याजदर भने बोलकबोलबाट तय हुने राष्ट्र बैंकले जनाएको छ ।  

लगानी योग्य रकम अभाब भएको भन्दै बैंकहरुले महँगो ब्याजदरमा संस्थागत निक्षेपकर्ताबाट पैसा उठाउन थालेपछि राष्ट्र बैंकले बैंकहरुसंग रहेका ऋणपत्र खरिद गरेर बैंकहरुलाई रकम उपलब्ध गराउन लागेको हो। 

बैंकहरुले निर्वाचन लगत्तै बैंकिङ प्रणालीमा प्रशस्त रकम भित्रिने पूर्वानुमान गरि निक्षेप संकलन भन्दा कर्जा प्रवाह वृद्धि गरेसंगै उनीहरुको पुष मसान्तको कर्जा निक्षेप अनुपात अर्थात सिसिडी रेसियो को सन्तुलन भत्किने अवस्थामा पुगेको छ। अधिकांश बैंक वित्तीय संस्थाको सिसिडी रेसियो ८० प्रतिशतको हारहारीमा पुगेको छ।

राष्ट्र बैंकले बिकास ऋणपत्र मार्फत वित्तीय बजारमा पठाएको १० अर्ब रुपैयाँ बैंकहरुले लगानीगर्न नपाएपनि तरलता व्यवस्थापन गर्न र सिसिड़ी अनुपात सन्तुलन गर्नमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। यद्दपी बैंकहरुले भने वित्तीय बजारमा तरलताको नभई लगानीयोग्य रकमको अभाव रहेको बताउदै आएका छन्।

बैंकहरुसंग लगानीयोग्य रकमको अभाब भएपनि अन्तर बैंक ब्याजदर ५ प्रतिशत भन्दा तल नै छ। अन्तर बैंक ब्याजदर स्थिर भएपछी राष्ट्र बैंकले ब्याजदर करिडोर अन्तर्गत रिपो गर्न पाएको छैन। ब्याजदरमा सन्तुलन कायम गर्न राष्ट्र बैंकले अन्तर बैक ब्याजदर ३ प्रतिशत तल भए रिपो मार्फत बजारबाट पैसा उठाउने गर्छ भने अन्तर बैंक ब्याजदर ५ प्रतिशत माथि पुग्दा रिपो मार्फत पैसा पठाउने गर्छ।  

राष्ट्र बैंकले बैंकिङ प्रणालीमा २६ अर्ब अधिक तरलता रहेको दाबि गरेको छ। तर बैंकहरुले भने लगानीयोग्य रकम अभाब भएको भन्दै महँगो ब्याजदरमा पैसा उठाईरहेका छन। नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरिन्जीवी नेपालले बैंकहरुले निक्षेप भन्दा लगानी बढी प्रवाह गरेकाले अहिले समस्या उत्पन्न भएको बताउदै आएका छन। 







 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved