तराईमा न्यानो बाढ्दै सिटिजन्स बैंक, मुसहर बस्तीमा ४२६ थान कम्बल वितरण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 19, 2018 | 11:06:40 AM मा प्रकाशित

laxmi  sunrise bank

 सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले  चिसोका कारण जनजिवन प्रभावित हुदेै गएपछी महोत्तरी जिल्लाको गौशाला र औरही नगरपालिकामा वसोवास गर्ने मुसहर जातीका विप्पन निसहाय व्यक्तिहरुलाई कम्बल वितरण गरेको छ । 

दैनिक ज्याला दारी गरेर जिवीकोपार्जन गर्दै आएका, न्यानो कपडाको अभावले जाडोमा ,दुःखभोग्दै बसेकाहरुलाई सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले गौशाला र औरहीमा कम्बल वितरण गरेको हो ।   गौशाला नगरपालिकामा २२४ थान र औरही नगरपालिकामा २०२ थान गरी जम्मा ४२६ थान कम्बल वितरण गरिएको बैंकले जानकरी दिएको छ ।

गौशाला र औरही नगरपालिकामा बसोबास गर्ने (मुसहर ,असक्त  , असहाय , बिधवा ,साधु  ,सन्त   )हरुलाई कम्बल वितरण गरिएको हो ।

बैंकको संचालक समितिको सदस्य डा चन्दाकार्कीले कम्बल हस्तान्तरण गरेका हुन्   । 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved