अब जुनसुकै बैंकबाट आफ्नो खातामा पैसा जम्मा गर्न पाइने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 21, 2018 | 05:36:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले जुनसुकै बैंकबाट आफ्नो खाता भएको बैंकमा पैसा जम्मा गर्न सकिने ब्यबस्था कार्यन्वयनमा ल्याउन निर्देशन दिएको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई ग्राहकलाई पायक पर्ने बैंक तथा वित्तीय संस्थाबाट आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थामा रकम जम्मा गर्न सक्ने व्यवस्था लागू गर्न निर्देशन दिएको हो । 

यसरी रकम जम्मा गर्दा नगद कारोबारको सीमा विद्यमान निर्देशिका बमोजिम हुनुपर्ने, १ लाख रुपैयाँ भन्दा बढीको कारोबार सीमाको हकमा जम्मा गर्ने व्यक्तिको पहिचान खुल्नुका साथै जम्मा गर्नुको प्रयोजन समेत खुलाउनु पर्नेछ । यो सेवा दिंदा शुल्क लिन सकिने तर त्यसको जानकारी पनि ग्राहकलाई दिनु पर्ने छ  । 

यदि कुनै कारणबश रकम जम्मा हुन् नसकेमा सोहि दिन जम्मा गर्ने व्यक्तिलाई यस बारे जानकारी दिनु पर्नेछ । 

साथै 

राष्ट्र बैंकले परिपत्र गर्दै बैंक तथा वित्तीय संस्थालाई संस्थागत मुद्दति निक्षेपको ब्याजदर ३ महिनासम्म परिवर्तन नगर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले बोलकबोलको आधारमा संकलन हुने संस्थागत मुद्दति निक्षेपको हकमा प्रकाशित ब्याजदरमा २ प्रतिशतसम्म थप गरी निक्षेप संकलन गर्न सकिने बताएको हो। तर यसरी प्रकाशित गरिएको ब्याजदर ३ महिनासम्म परिवर्तन गर्न पाइने छैन ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved