प्रभु बैंक बन्यो गुल्मीको चन्द्रकोट गाउँपालिका पुग्ने पहिलो बैंक

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 21, 2018 | 08:24:42 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंकले गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नं. ३ स्थित शान्तीपुर बजारमा आजदेखि शान्तीपुर शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। यस शाखाको उद्घाटन चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोण बहादुर खत्रीले गरे। 

हालसम्म कुनैपनि वाणिज्य बैंकको उपस्थिति नरहेको चन्द्रकोट गाउँपालिकाको प्रमुख केन्द्रको रुपमा रहेको शान्तीपुरमा प्रभुले पहिलोपटक शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । 

आजदेखि सञ्चालनमा आएको यस शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय विप्रेषण सेवा तथा गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध हुने बैंकले जनाएको छ। 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved