महालक्ष्मी बिकास बैँकद्वारा बिद्यालयलाई सहयोग सामग्री हस्तान्तरण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 23, 2018 | 03:18:24 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी बिकास बैँक लिले नवलपरासीे स्थीत श्री त्रिमूर्ती प्राथमीक विद्यालयलाई सहयोग सामग्री हस्तान्तरण गरेको छ  ।  बैंकको शाखा कार्यालय परासीले वसन्तपञ्चमी अर्थात सरस्वती पुजाको अवसर पारेर सोमबार मनरी–५ तिलौली नवलपरासीे स्थीत श्री त्रिमूर्ती प्राथमीक विद्यालयलाई एक समारोह बिच २ थान कम्प्युटर र ३५ थान विद्यार्थीले बोक्ने झोला हस्तान्तरण गरेको हो ।

उक्त कार्यक्रममा रामग्राम नगरपालीकाका मेयर नरेन्द« गुप्ता प्रमुख अतिथी तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाद राय अतिथीका रुपमा उपस्थित थिए ।  महालक्ष्मी बिकास बैँकको यो सहयोगले अहिलेको आधुनीक युगमा, शहरमा जस्तै गाउँ गाउँमा पनि विद्यार्थीलाई कम्प्युटर शिक्षा प्रदान गर्न विद्यालय समर्थ भएकोमा रामग्राम नगरपालीकाका मेयर नरेन्द« गुप्ताले बैँकको यो कार्य सराहनीय भएको टिप्पणी गरे  ।

  सरावल गाँउपालीका बडा नं २ का अध्यक्ष शम्भु प्रसाद चौधरीले बैँकलाई धन्यवाद ज्ञापन गरेका थिए । उक्त कार्यक्रममा श्री त्रिमूर्ती प्राथमीक विद्यालयका प्रधानाध्यापक मस्जीद अलि अन्सारीले आफ्नो विद्यालयलाई छानेर सहयोग गरेकोमा महालक्ष्मी बिकास बैँक लि. लाई धन्यवाद ब्यक्त गरे   । 

संस्थागत सामाजिक उत्तरदायित्वसंग सम्बन्धित बिभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको महालक्ष्मी विकास बैंक लिमिटेडले यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिदैं जाने प्रतिबद्धता जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved