माछापुच्छ्रे बैंकद्वारा शितलहर पीडितहरुलाई कम्बल वितरण

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 24, 2018 | 08:18:49 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंकले महोत्तरीको बर्दिबास नगरपालिका ३ स्थित गौरीबासका शितलहर पीडितहरुलाई कम्बल वितरण गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा बैंकको बर्दिबास शाखाले शितलहर पिडित ६० घरपरिवारलाई कम्बल वितरण गरेको जनाएको छ। 

माघ १० गते एक कार्यक्रमका बीच बर्दिबास नगरपालिकाका मेयर बिदुर कुमार कार्की र बैंकका बर्दिबास शाखा प्रबन्धक रमेश अधिकारीले एकल महिला देखि शितलहरबाट पीडित पर्साहिधाप, राजाबास, कालापानी, गौरीबास, पाटु, भब्सी र गौरीडाँडाका गरिब तथा विपन्न स्थानीयहरुलाई ६० थान न्यानो कम्बल वितरण गरेको बैंकले जानकारी दिएको छ। 

नेपाल अधिराज्यभर छरिएर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत देशको सामाजिक, आर्थिक, शैक्षिक तथा खेलकुद लगायतका क्षेत्रको बिकासमा उल्लेख्य योगदान गर्दै आएको बैकले भविष्यमा पनि यस्ता कार्यक्रमहरु जारी रहने जनाएको छ । 

बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ६४ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १३ शाखा रहित बैकिङ्ग  सेवा समेत गरी  जम्मा ७९ स्थानवाट ग्राहकहरुलाई सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको  देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved