ज्योति विकासको एससिटी कार्ड भिसामा प्रतिस्थापन

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 26, 2018 | 07:06:42 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति विकास बैंकले एससिटि डेबिट कार्डलाई प्रतिस्थापन गरि भिसा डेबिट कार्ड ल्याएको छ। एससिटि डेबिट कार्डका ग्राहकले पुरानो कार्डको सट्टामा सम्बन्धित शाखाबाट भिषा कार्ड निशुल्क पाउने बैंकले जनाएको छ।

बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवाका साथ एबीबिएस सेवा समेत उपलब्ध गराउदै आएको छ। 

ज्योतिले हाल ५० वटा शाखा एवं १४ वटा एटिएम मार्फत सेवा बैंकिङ सेवा उपलब्ध गराउदै आएको छ। निकट भविष्यमानै बैंकको  १० वटा नयाँ शाखा संचालनमा आउने बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत मदन कुमार महतले जानकारी दिए।

हालसम्म बैंकले करिब १ लाख २२ हजारभन्दा बढि खाताबाट १३ अर्व ४५ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत १२ अर्व ४३ करोड ऋण लगानी गरेको छ। बैंकले हालै जारी गरेको बोनस सेयर समेत गरी कुल चुक्तापूँजी २ अर्व ५९ करोड पुग्नेछ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved