एनसीसी बैंकले ४३ वटा शाखा स्थापना गर्ने, काठमाडौंको सामाखुशीमको शाखा संचालनमा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 26, 2018 | 07:41:48 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ले काठमाडौंको सामाखुसीमा शाखा स्थापना गरेको छ। यस शाखा उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गरे। 

उद्घाटन अवसरमा बोल्दै डेपुटी गभर्नर श्रेष्ठले एनसीसी बैंकले संस्थागत सुशासन कायम गर्दै जाने र आफ्नो व्यवसायिक गतिविधि अगाडी बढाउदै आगामी दिनहरुमा पनि यस्तै प्रगति गर्दै जाने विश्वास ब्यक्त गरे। 

सोहि अवसरमा राष्ट्र बैंकका बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक महेश्वर लाल श्रेष्ठले आगामी दिनहरुमा बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनमा रहेर अघि बढदै जानका लागि शुभकामना व्यक्त गरे।

बैंकको संचालक समितिका अध्यक्ष  उपेन्द्र केशरी न्यौपानेले एक आपसमा मर्ज भएका पाँच वटै संस्थाका तर्फबाट एनसीसीले अझ बढी सरल र सुलभ सेवा दिदै जाने जानकारी दिनु दिए। 

बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले स्वागत मन्तव्य व्यक्त गर्दै यस बैंकको शाखा स्थापनाबाट सामाखुशी क्षेत्र र त्यहाँका बासिन्दाको आर्थिक सम्बृद्धिमा टेवा दिने विश्वास दिलाए।

नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउन बैंकले राष्ट्रिय स्तरका चार विकासलाई प्राप्त गरेको थियो। गाभ्ने गाभिने प्रक्रिया पश्चात एकै स्थानमा रहेका शाखाहरुलाई अर्को स्थानमा सार्ने र नगरपालिका तथा गाउँपालिकामा क वर्गको वाणिज्य बैंकको कम्तीमा एउटा शाखा स्थापना गर्ने सरकारको नीतिलाई साथ दिन बैंकले निकट भविष्यमा काठमाण्डौं उपत्यका बाहिर ४३ वटा शाखा स्थापना गर्ने जनाएको छ। उक्त ४३ वटा शाखा स्थापना र एउटै स्थानमा रहेका शाखाहरुको स्थानान्तरण पश्चात एनसीसी बैंकको ११२ वटा शाखाहरु पुग्ने जनाएको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved