इन्भेष्टमेन्ट बैंकको कर्जा प्रवाह खर्ब नाघ्यो, नाफा बढ्दा रिजर्भमा देखियो यस्तो सन्तुलन

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 28, 2018 | 10:54:20 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेन्ट बैंकले सुधारिएको प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। यस अवधिमा बैंकको खुद मुनाफा १५।४९ प्रतिशतले बढेर १ अर्ब ८३ करोड पुगेको छ। गत आर्थीक बर्षको यस अवधिमा बैंकले १ अर्ब ५८ करोड खुद मुनाफा आर्जन गरेको थियो। 

यस अवधिमा बैंकले १ खर्ब २९ अर्ब निक्षेप संकलन गरि १ खर्ब १३ अर्ब कर्जा प्रवाह गरेको छ। कारोबार विस्तारमा आक्रामक बनेको नेपाल इन्भेष्टमेन्ट बैंकको कोषको लागत ६.२१ प्रतिशत तथा आधार दर ९.० प्रतिशत छ भने स्प्रेड दर ४ प्रतिशत छ। 

त्यस्तै कर्जा निक्षेप अनुपात ७८.४७ प्रतिशत पुगेको छ। बैंक केहि थप कर्जा प्रवाह गर्न सक्ने अवस्थामा छ। बैंकको खराब कर्जा अनुपात ०।७ प्रतिशतबाट बढेर १।१२ प्रतिशतमा उक्लिएको छ।  

यस अवधिमा बैंकको चुक्ता पुंजी १० अर्ब ६२ करोड छ भने जगेडा कोषमा ९ अर्ब ९१ करोड पुगेको छ। चुक्ता पुंजी ८ अर्ब ७० करोडबाट बढाएर १० अर्ब ६२ करोड पुर्याउंदा सोहि अनुपातमा खुद मुनाफा बढेकाले बैंकको प्रति सेयर आम्दानीमा सन्तुलन देखिएको छ।  त्यस्तै बैंकको प्रति सेयर आम्दानी ३४ रुपैयाँ ४५ पैसा, प्रति सेयर नेटवर्थ १९३ रुपैयाँ २८ पैसा र मुल्य आम्दानीको अनुपात १९।०७ गुणा छ। 


 


  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved