एनसीसी बैंकको नयाँ शाखा काठमाडौंको रातोपुलमा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 29, 2018 | 09:42:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्रेडिट एण्ड कमर्स बैंकले (एनसिसि) काठमाण्डौं महानगरपालिका, वडा नं. ३० रातोपुलमा शाखा संचालनमा ल्याएको छ। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले आज एक कार्यक्रमका बीच उक्त शाखाको उद्घाटन गरे।    

डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले उद्घाटन अवसरमा वित्तीय क्षेत्रमा बैंक तथा ग्राहकहरुले सुशासन कायम गर्नुपर्ने बताए। नेपाली जनताको सामुन्ने वित्तीय साक्षरताको लागि बैंकहरुले नै ठूलो भूमिका खेल्नु पर्ने भएकोले अबको दिनमा आफ्नो ग्राहक समक्ष विभिन्न कार्यक्रम मार्फत बैंक आफै पुग्नुपर्ने अपरिहार्यता रहेको उनले बताए। 

नेपाल सरकारको दुर्गम क्षेत्रमा बैंक पुर्याउने उद्देश्य र नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई दुर्गम क्षेत्रमा वित्तीय सेवा पुर्याउन दिएको निर्देशन अनुरुप एनसीसीले पनि आफ्नो शाखा संजाल सो क्षेत्रहरुमा विस्तार गर्दै लैजाने विश्वास शिवाकोटीले व्यक्त गरे। 

कार्यक्रममा बैंक संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले बैंकले नेपाल राष्ट्र बैंकको नीति तथा निर्देशनहरुलाई पूर्ण रुपमा पालना गर्दै आगामी दिनहरुमा दुर्गम क्षेत्रमा पनि सेवा विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरे।

उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले आफ्नो स्वागत मन्तव्यको क्रममा बैंकले निकट भविष्यमै नेपाल राष्ट्र बैंकले तोके बमोजिम बैंकको चुक्ता पूँजी ८ अर्ब पुर्याउने प्रक्रृयामा गई सकेको जानकारी दिए।

एनसीसी बैंकले २०७४ पौष मसान्तसम्ममा ५९ अर्ब निक्षेप संकलन गरि ५१ अर्ब कर्जा प्रवाह गरेको छ भने ३५ करोड ४५ करोड खुद मुनाफा आर्जन गरेको छ। बैंकको अधिराज्य भरी हालसम्म ८० वटा शाखा संचालनमा रहेका छन। 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved