दमकमा ज्योति विकास बैंकको नयाँ शाखा स्थापना

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 30, 2018 | 03:48:55 PM मा प्रकाशित

laxmi  sunrise bank

दमकमा ज्योति विकास बैंकले आफ्नो नयाँ शाखा स्थापना गरेको छ  ।  नेपाल राष्ट्र बैंक क्षेत्रिय कार्यालय विराटनगरका निर्देशक  विनोद राजआचार्य तथा   दमक नगरपालिका वडा नं ६ का अधक्ष्य टेक बहादुर थापाले आज संयुक्त रुपमा दमक शाखा कार्यालयको उद्घाटन गरेका हुन्  ।


बैंकले निकट भविष्यमा नै १०वटा नयाँ शाखा संचालनमा ल्याउने लक्ष्य रहेको जनाएको छ । बैंक संचालनमा आएको दशौं वर्षमा बैंकको छवि (Corporate Image) बजारमा स्थापितगर्न सफलभएकोे छ । आफ्ना ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखि बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवाका साथब्द्यद्यक् सेवा समेत उपलब्ध गराएको छ ।

हालबैंकले ५० वटा शाखाएवं १४ वटा एटिएम मार्फत सेवाउपलव्ध गराउँदै आएको छ ।हालसम्मबैंकले करिब १ लाख२२हजारभन्दा बढिखाताबाट १३अर्व ४५ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत १२अर्व ४३ करोड ऋण लगानीगर्न सफल भएको छ ।बैंकले हालै जारी गरेको बोनस सेयर समेत गरी कुल चुक्ता पूँजी रु.२ अर्व ५९ करोड पुग्नेछ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved