नबिल बैंकले रद्द गर्यो अनिल शाहलाई सीईओ नियुक्त गर्ने निर्णय, बेरोजगार बने शाह

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 31, 2018 | 09:18:44 AM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंकले  अनिल शाहलाई सीईओमा नियुक्त गर्ने आफ्नै निर्णय रद्द गरेको छ  । बैंकको पुस १३ गते बसेको संचालक समितिको बैठकले शाहलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो । तर माघ १५ को बैठकले उक्त निर्णय रद्द गरेको कम्पनी सचिव माधव प्रसाद रेग्मीले जानकारी दिएका हुन् ।

यस अघि मेगा बैंकको सीईओमा २ कार्यकाल बिताएका शाहले पुस २ गतेदेखि लागु हुने गरि राजिनामा दिएका थिए । त्यस पछि सेन्चुरी जाने तयारीमा रहेका शाह तलवको कुरा नमिलेपछि नबिल गएका थिए ।

तर नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा ६ महिना 'कुलिङ पिरियड' लागू गरेपछि उनी तत्कालको लागि सीइओ बन्न नपाउने भएका हुन्। बैंकिङ क्षेत्रमा प्रमुख कार्यकारी अधिकृतको नियुक्ति सम्बन्धमा अस्वस्थ प्रतिस्पर्धा देखिएको भन्दै राष्ट्र बैंकले 'कुलिङ पिरियड ' लागू गरेको हो । यस अनुसार  राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत वा संचालकले एक संस्था छोडेपछि अर्को बैंकमा जान कम्तीमा ६ महिना पर्खनु पर्छ । 

बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतले जुनै कारणले सेवाबाट निवृत भएपनि उसले सोहि संस्था वा अर्कोमा काम गर्न कम्तिमा ६ महिना कुर्नुपर्ने भएको हो। त्यस्तै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संचालकलाई समेत ६ महिना 'कुलिङ पिरियड' लागू गरेको छ। कुनै एक संस्थामा संचालकबाट हटेपछि सोहि संस्थामा वा अर्कोमा संचालक बन्नका लागि समेत संचालकले ६ महिना कुर्नुपर्ने भएको छ। तर यो निर्देशन स्वतन्त्र संचालकको हकमा भने लागू नहुने राष्ट्र बैंकले स्पष्ट पारेको छ। 

राष्ट्र बैंकले यस अघि नै गभर्नर तथा डिपुटी गभर्नरको हकमा कुलिङ पिरियड लागू गरेको छ। गभर्नरले राष्ट्र बैंकले नियमन गर्ने संस्थामा कहिलै पनि बस्न पाउने छैन भने डेपुटी गभर्नर र कार्यकारी निर्देशकहरुलाई ३ बर्षको सीमा तोकिएको छ। साथै अधिकृत स्तरका कर्मचारीले आफ्नो पदबाट हटेको वा अवकास पाएको मितिले २ वर्षसम्म कुनै पनि बैंक तथा वित्तीय संस्थामा काम गर्न नपाउने व्यवस्था छ ।     

राष्ट्र बैंकले कुलिङ पिरियड लागू गरेसंगै नबिलमा जाने अनिल शाहको यात्रा ६ महिना पछाडी धकेलिएको हो।  राष्ट्र बैंकले पनि कुलिङ पिरियड को निर्देशन पुष १३ गते नै ल्याएको हो। तसर्थ मेगा बैंकमा दुई कार्यकाल पुरा गरेका अनिल शाह अब ६ महिना बेरोजगार बन्ने निश्चित भएको हो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved