सरसफाई कार्यक्रम गरेर ज्योति विकास बैंकले गर्यो ठमेलमा शाखा स्थापना

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 01, 2018 | 02:37:58 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति विकास बैंकले काठमाडौँको ठमेलमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ  । काठमाडौं महानगरपालिका वडा नं २६ का अध्यक्ष   ख्याम राज तिवारी तथा बैंकका अध्यक्ष   हरी चन्द्र खड्काले आज संयुक्त रुपमा शाखा उद्घाटन गरेका हुन् । बैंकका कर्मचारी तथा सर्वसाधारणको उपस्थिति ठमेल सरसफाई कार्यक्रम गरेर ठमेल शाखा कार्यालय उद्घाटन भएको हो ।

  बैंकको निकट भविष्यमा नै १० वटा नयाँ शाखा संचालनमा ल्याउने लक्ष्य रहेको छ । बैंक संचालनमाआएको दशौंवर्षमा बैंकको छवि बजारमा स्थापित गर्न सफलभएकोे छ । आफ्ना ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखि बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवाका साथ ब्द्यद्यक् सेवा समेत उपलब्ध गराएको छ ।

हाल बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । हालसम्म बैंकले करिब १ लाख २२ हजारभन्दा बढि खाताबाट रु. १३ अर्व ४५ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १२ अर्व ४३ करोड ऋण लगानीगर्न सफलभएको छ । बैंकले हालै जारी गरेको बोनस सेयर समेत गरी कुल चुक्तापूँजी रु.२ अर्व ५९ करोड पुगीसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved