जनता बैंकको नयाँ शाखा पोखराको लेकसाइड र कैलालीको अत्तरीयामा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 08, 2018 | 01:42:25 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक नेपाल लिमिटेडले २ नयाँ शाखा कार्यालयको स्थापना गरेको छ  । बैंकले लेकसाइड, पोखरा र अत्तरीया, कैलालीमा गरी २ शाखाहरुको उद्घाटन गरेको हो । बैंकको लेकसाइडशाखा ९३औं र अत्तरीयाशाखा ९४औं हो । यि दुवै शाखाहरुबाट आजै देखि बैंकिङ्ग कारोवार सुरु भएको छ ।

लेकसाइड शाखाको उद्घाटन पोखारा लेखनाथ महानगरपालिकाका प्रमुख  मानबहादुर जि.सि. र  बैंकका संचालक रामबहादुर भण्डारीबाट र अत्तरीया शाखाको गोदावरी नगरपालिकाका प्रमुख  हरिसिं साउद र संचालक गौतम प्रसाद खनालबाट संयुक्त रुपमा उद्घाटन भएको बनाक्ले जनाएको छ ।  

जनता बैंक नेपाल लिमिटेडले पूर्व मेची देखि पश्चिम महाकाली सम्म शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा ९४ शाखा, २६ शाखा रहित बैंकिङ्ग, ३ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर तथा ६७ एटिएमहरु मार्फत करिव ५ लाख ग्राहकलाई सेवा पु¥याउदै आइरहेको छ । बैंकको हाल रु. ५२ अर्ब ४४ करोड निक्षेप र रु. ४९अर्ब २४ करोड कर्जा कारोवार रहेको छ । बैंकले आ.ब. २०७३÷७४ को मुनाफाबाट १४.४ प्रतिशत बोनस शेयर वितरण गरे सगै चुक्तापुँजी रु. ८ अर्ब ७ लाख पुगेको छ ।   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved