एनआईसी एशियाको दुई नयाँ शाखाहरु बझाङको चैनपुर र धादिङ्गको धादिङ्गवेशीमा संचालनमा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 10, 2018 | 08:00:59 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशियाकोको दुई नयाँ शाखाहरु संचालनमा आएका छन। बैंकले जयपृथ्वी नगरपालिका वडा नं. १०, चैनपुर, बझाङ  र निलकण्ठ नगरपालिका वडा नं. ०३, धादिङ्गवेशी, धादिङ्गमा दुई नयाँ शाखा संचालनमा ल्याएको हो। 

जयपृथ्वी नगरपालिकाका मेयर बिरेन्द्र बहादुर खड्काबाट बझाङ र निलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाबाट धादिङ्गवेशी शाखाको औपचारिक रुपमा समुद्घाटन सम्पन्न भएको हो।

उक्त दुई शाखा संचालनमा आएसंगै बैंकको अधिराज्यभर शाखा कार्यालयको संख्या १७० पुगेको छ। बैंकले हाल १७० शाखा कार्यालय, १६८ एटिएम एवंम् ४ एक्स्टेन्सन  काउन्टरहरुबाट आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।     

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले जानकारी दिएका छन।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved