बैंकर्स संघभित्र ११ प्रतिशतभन्दा बढी ब्याज तोक्न समिति गठन

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 13, 2018 | 08:27:45 AM मा प्रकाशित

laxmi  sunrise bank

बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले ११ प्रतिशतभन्दा बढी ब्याज तोक्न समिति गठन गरेको छ। संघले संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाको नेतृत्वमा बैंकहरुलाई अप्ठेरो परेको अवस्थामा अलि कति बढी ब्याज तिरेर पैसा उठाउन छुट दिनका लागि समिति बनाएको हो।

बैंकरहरुले ११ प्रतिशत भन्दा बढी नदिन भनेर सहमति गरेपनि अप्ठ्यारो परिस्थितीका लागि ब्याज तोक्न समिति गठन गरेको हो। समितिले बैंकको आवश्यकता अनुसार ११ प्रतिशत भन्दा माथि कति दरसम्म ब्याज दिने भन्ने निर्णय गर्नेछ। सोहि अनुसार बैंकहरुले संस्थागत निक्षेपकर्तासंग बोलकबोल मार्फत पैसा उठाउन पाउनेछन।     

संघले निक्षेपको ब्याजलाई धेरै माथि जान नदिन र बैंकहरुविच स्वच्छ प्रतिस्पर्धा गराउन ब्याजको दायरा निर्धारण गरेपनि बैंकहरुले त्यसको पालना गरेका छैनन। पुष मसान्त लाग्दै गर्दा समितिको निर्णय भन्दा बिपरित गएर कृषि विकास बैंक लगायतका बैंकले संघले तोकेको सिमा भन्दा बढी दरमा नेपाल टेलिकमसंग पैसा उठाएका थिए।  


 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved