रोकिएन ब्याजदर बढाउने प्रतिस्पर्धा, राष्ट्र बैंकले नै पैसा आउने बाटो रोकेको आरोप

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 15, 2018 | 08:38:49 AM मा प्रकाशित

laxmi  sunrise bank

मुद्दती पछि बैंकहरुबीच बचत खातामा ब्याजदर बढाउने प्रतिस्पर्धा देखिएको छ। मुद्दतीमा घोसित १२ प्रतिशतसम्म ब्याज दिएका बैंकहरुले बचत खाताको ब्याजदर साढे नौं प्रतिशत पुर्याएका छन।

सिद्दार्थ बैंकले बचत खातामा ९ प्रतिशत ब्याज दिने सूचना सार्वजनिक गरेलगत्तै त्यसलाई उछिनेर कुमारी बैंकले साढे ९ प्रतिशत ब्याज दिने सूचना निकालेको छ। 

सिद्दार्थले प्लाटिनम बचत खाता योजनामा वार्षिक ९ प्रतिशत ब्याज दिने घोषणा गरेको हो। सिद्दार्थले 'कतै तपाइँले अन्त कतै सस्तोदरमा आफ्नो अमुल्य बचत राख्दै आउनुभएको त छैन, आजै सिद्दार्थ बैंकमा खाता खोलि बचतमा अधिकतम आर्जन गर्नुहोस' भन्ने आशयको सूचना जारि गरि अरु बैंक वित्तीय संस्थाको बचत खातामा रहेको निक्षेप तान्ने प्रयास गरेको छ। बचत खातामा ९ प्रतिशत ब्याज प्राप्त गर्न ग्राहकले न्युनतम २ लाख खातामा राख्नुपर्ने बैंकले जानकारी दिएको छ। 

सिद्दार्थले बचतमा ९ प्रतिशत ब्याज दिने सुचना जारि गरेको ३ दिनमै कुमारी बैंकले बचतमा ९.५० प्रतिशत ब्याज दिने सूचना जारि गरेको छ। बचत खातामा साढे ९ प्रतिशत बार्षिक ब्याज प्राप्त गर्न ग्राहकले १० रुपैयाँ मौज्दातमा नै खाता खोल्न सक्ने बैंकले जानकारी दिएको छ। कुमारीले नागरिक बचत खाता योजना अघि सारेको हो । 

बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको अभाब कम हुँदै जाने अपेक्षा गरिएकै बेला बैंकहरुले बचत खातामा नै उच्च ब्याज दिन थालेपछी बैंकहरुमा निक्षेपको अवस्था भयाभह भएको आशंका गरिएको छ। 

बैंकहरुले यसरि मुद्दती र बचतमा ब्याजदर बढाउँदा त्यसको असर बिकास बैंक, फाइनान्स र अन्य वित्तीय संस्थामा पनि पर्ने बैंकरहरु बताउछन। बैंकहरुले छोटो अवधिका लागि बचत र मुद्दतीको ब्याज बढाउँदा त्यसले अन्य वित्तीय संस्थालाई 'हिट' गर्ने एक बिकास बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए। 

'बाणिज्य बैंकहरुले तरलताको समस्या कम हुने वित्तीय कै अहिले दिएको ब्याजदर घटाईहाल्छन तर हाम्रो केशमा त्यस्तो हुँदैन, उनीहरुले ब्याजदर बढाएको दबाबमा हामीले बढाएको ब्याजदर कम्तिमा पनि बर्ष दिनका लागि हुन्छ, यसले हाम्रो लागत बढाएको छ' एक विकास बैंकका प्रमुख कार्यकारीले बताए। 

अहिले बचतमा ६-७ प्रतिशत ब्याजदर दिंदै आएकोमा बाणिज्य बैंकले नै १० प्रतिशत जति पुर्याएपछि अब हामीले पनि बढाउनै पर्छ तर यस्तो अस्वस्थ प्रतिस्पर्धाले वित्तीय क्षेत्र नै धरापमा पर्छ, एक फाइनान्सका प्रमुख कार्यकारीले बिजपाटिलाई भने। 

यता 

नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले भने फागुन, चैतदेखि बैंकहरुको निक्षेप संकलनमा सुधार आउने बताएका छन। 'निक्षेप संकलनमा सुधार देखिंदै गएको छ, अब ब्याजदर बढाउनुपर्ने दबाब हुँदैन' उनले भने। 

त्यसो त बैंक वित्तीय संस्थाहरुले बचतमा मुद्दतीकै हाराहारीमा ब्याज पुर्याएपनि निक्षेप संकलनमा सुधार नआउने एक बाणिज्य बैंकका प्रमुख कार्यकारीले बिजपाटिलाई बताएका छन। 'बैंकमा पैसा राख्छु भनेर आउनेको स्रोत मागिएको छ,१० लाख भन्दा बढी डिपोजिट गर्नेको स्रोत मागिएको छ, यसले अहिले मार्केटमा रहेको अनौपचारिक पैसा बैंकिङ प्रणालीमा आउन रोकेको छ' उनले भने, 'कालो बजारी गर्नेले खुलेआम गरिरहेका छन, तर बजारमा छरिएर रहेको अनौपचारिक पैसालाई भने बैंकिङ प्रणालीमा आउँन नीति नै बनाएर रोक लगाइएको छ, राष्ट्र बैंकले नीतिमा सुधार नगरेसम्म निक्षेप संकलनको अवस्था सहज हुनेछैन।'       


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved