कर्पोरेट डेभलपमेन्ट बैंक समस्याग्रस्तबाट मुक्त

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 18, 2018 | 09:27:43 AM मा प्रकाशित

laxmi  sunrise bank

कर्पोरेट डेभलपमेन्ट बैंक समस्याग्रस्तबाट मुक्त भएको छ। बीरगन्जको पर्सामा मुख्य कार्यालय रहेको कर्पोरेट डेभलपमेन्ट बैंक सुधारोन्मुख देखिएकाले समस्याग्रस्तबाट मुक्त गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। 

बैंकले  नीतिगत व्यवस्था बमोजिम चुक्तापुँजी र पुँजीकोष कायम गरेको र संस्थामा नयाँ लगानीकर्ताहरु प्रवेश गरी संस्थालाई सुचारु रुपमा संचालन गर्ने प्रतिबद्धता जाहेर गरेकाले समस्याग्रस्तबाट मुक्त गरिएको राष्ट्र बैंकको भनाई छ। राष्ट्र बैंकले २०७१ पुष ४ मा समस्याग्रस्त घोषणा गरेको थियो।

बैंकले अब अब २०७६ माघ १७ गतेभित्र चुक्ता पुँजी पुर्याउने योजना पेस गर्नुपर्नेछ। संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली र जोखिम व्यवस्थापन चुस्त पार्नुपर्ने लगायतका शर्तहरु तोकिएको छ।

यसअघि कुबेर मर्चेन्ट, ललितपुर, अरुण, जनरल फाइनान्स समस्याग्रस्तबाट मुक्त भइसकेका छन्। 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved