सान्जेन र रसुवागढीको आइपीओ आवेदकलाई कुमारी बैंकको निःशुल्क डिम्याट खाता

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 18, 2018 | 04:00:17 PM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंकले निशुल्क डिम्याट खाता सेवा दिने भएको छ। सि–आश्वामार्फत शेयर आवेदन दिन हितग्राही (डिम्याट) खाता अनिवार्य भएसँगै कम्पनीले निशुल्क डिम्याट खाता खोलिदिने भएको हो। 

आगामी फागुन ११ देखि कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरु, संस्थापक शेयरधनी संस्थाहरु (नेपाल बिद्युत प्राधिकरण, चिलिमे जलबिद्युत कम्पनी र रसुवा जिल्लाको तत्कालीन जिल्ला विकास समिति तथा गाउँ बिकास समितिहरुका कर्मचारीहरु) तथा ऋणदाता (संचयकोष) संस्थाका कर्मचारीहरुको लागि सान्जेन जलविद्युत कम्पनी तथा रसुवागढी हाइड्रोपावर कम्पनीले जारी गर्न लागेको प्राथमिक शेयरका लागि लगानीकर्ताले निशुल्क डिम्याट खाता खोलिदिने जनाएको छ।

इच्छुक योग्य आवेदकले डिम्याट खाता खोल्नका लागि आफ्नो नागरिकताको फोटोकपी, पासपोर्ट साइजको फोटो तथा बैंक खाता नम्बर समाबेश गरी नजिकको शाखा वा मोबाइल नम्वर ९८५१२७३४१० मा सम्पर्क गर्न सक्नेछन्। साथै बैंकले नागरिक बचत खाता खोली वार्षिक ९.५ प्रतिशतकोे उच्चतम लाभ दिइँदै आएको जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved