किन दिए माछापुच्छ्रेका सिइओ निरज श्रेष्ठले राजीनामा ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 19, 2018 | 05:05:49 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) निरजकुमार श्रेष्ठले पदबाट राजिनामा दिएका छन। चार बर्षका लागि सीईओ नियुक्त भएका श्रेष्ठले सोह्र महिनामै राजिनामा दिएका हुन। 

तत्कालिन सीईओ तुलसीराम गौतम बाहिरिएपछि श्रेष्ठले २०७३ असोज १७ गते नियुक्ति लिई असोज २८ गतेबाट बैंकको नेतृत्व सम्हालेका हुन। संचालक समितिसगको छलफलकै क्रममा श्रेष्ठले 'अपर्झट' रुपमा राजिनामा पत्र बुझाएका थिए 

'बैंकको प्रगति र आगामी योजनाबारे छलफल चल्दै गर्दा उनले (श्रेष्ठले) आबेशमा आएर बैठकमै राजिनामा पत्र पेश गरे, संचालक समितिले दबाब दिएर राजिनामा दिएको भन्ने कुरा बाहिर आएको छ, त्यस्तो होइन' बैंक स्रोतले बिजपाटिलाई भन्यो, 'दोस्रो त्रैमासको प्रगति विवरण र आगामी रणनीतिबारे छलफल हुँदै गर्दा राजिनामा आएको हो।'

छलफलमा दोस्रो त्रैमाससम्म ४७ करोड खुद मुनाफा गर्दा यो बर्षको १ अर्ब ५० करोड कमाउने लक्ष्य कसरि पुरा हुन्छ भन्ने प्रश्न उठ्दा आफुबाट त्यो हुन नसक्ने भन्दै संचालक समिति सदस्यसंगको छलफलकै बीच राजिनामा पत्र थमाएर श्रेष्ठ बाहिरिएको बिजपाटिलाई बताइएको छ। 

श्रेष्ठले दिएको राजिनामा स्वीकृत भई नसकेको बताइएको छ। 'अब बस्ने संचालक समितिको बैठकले यसबारे छलफल गर्नेछ, श्रेष्ठले राजिनामा दिइसकेपछि सीईओको जिम्मेवारी कसलाई दिने भन्नेबारे निर्णय भईसकेको छैन' स्रोतले भन्यो।   

श्रेष्ठ ग्लोबल आइएमइ बैंकको नायब प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएर माछापुच्छ्रे बैंक गएका थिए। तात्कालीन ग्रिनलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकबाट सन् १९८९ मा बैंकिङ करियर सुरु गरेका श्रेष्ठ २०७१ सालको भदौमा एनआइसी एसिया बैंकको महाप्रबन्धक छोडेर ग्लोबल आइएमइ गएका थिए।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved