महालक्ष्मीको रुपन्देही स्थित बेथरी एक्सटेन्सर काउन्टर शाखा कार्यालयमा स्तरोन्नति

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 20, 2018 | 08:10:47 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंकले रुपन्देहीको मायादेवी गाउँपालिकास्थित बेथरी रहेको आफ्नो एक्सटेन्सर काउन्टरलाई शाखामा स्तरोन्नती गरेको छ। सो शाखा कार्यालय फागुन ९ देखि संचालनमा आउने बैंकले जनाएको छ। 

दुर्गम जिल्लाहरुमा बैंकिङ पहुँच पुर्याउने क्रममा एक्सटेन्शन काउन्टरको स्तरोन्नती गर्न लागेको बैंकले जनाएको हो । विकास बैंकहरुमा सबैभन्दा बढि चुक्ता पुँजी रहेको महालक्ष्मीले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म २५ अर्ब १२ करोड निक्षेप संकलन गरी २० अर्ब ९२ करोड कर्जा प्रवाह गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved