बैंकहरुले उछिनेपछी फाइनान्स कम्पनि पनि ब्याज बढाउन तम्सिए, कुनले कति दिंदैछन ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 21, 2018 | 09:33:33 AM मा प्रकाशित

laxmi  sunrise bank

लगानीयोग्य रकम अभाब भएको भन्दै निक्षेप तान्न बाणिज्य बैंकहरुले बढाएको ब्याजदरको प्रभाब सिंगो अर्थतन्त्रमा देखिन थालेको छ। बाणिज्य बैंकले आफुहरुले भन्दा बढी ब्याज दिएको भन्दै फाइनान्स कम्पनीहरुले पनि धमाधम ब्याजदर बढाउन थालेका छन। 

फाइनान्समा रहेको निक्षेप (डिपोजिट) फाइनान्समै राखी राख्न र नयाँ निक्षेपकर्तालाई पनि आकर्षित गर्न ब्याजदर बढाउनै पर्ने बाध्यता भएकाले ब्याज बढाईएको फाइनान्स कम्पनीहरुको भनाई छ। 'हामीले (फाइनान्स) भन्दा बाणिज्य बैंकहरुले बढी ब्याज दिने थाले, बाध्य भएर ब्याजदर बढाएका हौँ' एक फाइनान्सका प्रमुख कार्यकारी अधिकृतले भने।

बाणिज्य बैंकहरुले मुद्दतीमा ११ प्रतिशत भन्दा बढी ब्याज नदिने भद्र सहमति गरेको बताएपनि भित्रै भित्र १२-१३ प्रतिशत ब्याज दिएका कारण फाइनान्स कम्पनिले ब्याज बढाउनुको बिकल्प नभएको फाइनान्सहरुको भनाई छ। 

बाणिज्य बैंकहरुले बचत खातामै ९।५० प्रतिशत ब्याज दिने औपचारिक घोषणा गरिसकेका छन। कुमारी बैंकले गत साता मात्रै बचतमा ९।५० प्रतिशत ब्याज दिने सुचना जारि गरेको थियो भने सिद्दार्थ बैंकले ९ प्रतिशत ब्याज दिने घोषणा गरेको छ। 

बाणिज्य बैंकले धमाधम ब्याज बढाउन थालेपछी अधिकांश फाइनान्स कम्पनिले मुद्दती निक्षेपमा १२ प्रतिशत भन्दा ब्याज दिने घोषणा गरेका छन। यसै क्रममा आइसीएफसी फाइनान्सले ३ महिना अवधिको मुद्दति निक्षेपमा १२.५० प्रतिशत ब्याज दिने घोषणा गरेको छ। आइसीएफसीले ६ महिना अवधिको मुद्दतिमा १२.२५%, १ वर्षे मुद्दतिमा १२% र २ वर्षे मुद्दतिमा ११.५०% ब्याज दिने जनाएको छ ।

त्यस्तै गुडविल फाइनान्सले ३ महिना अवधिको मुद्दति निक्षेपमा १२।५०%, ६ महिने मुद्दतीमा ११।५०%, ९ महिनेमा ११ %, १ बर्षे मुद्दतीमा १२% र २ वर्षेमा १२.२५% ब्याज दिने बताएको छ।

त्यसैगरि मन्जुश्री फाइनान्सले १ महिनादेखि ६ महिनासम्मको मुद्दती निक्षेपमा ११।५० प्रतिशत, ६ देखि १३ महिना सम्मको मुद्दती निक्षेपमा १२।५० प्रतिशत र १३ महिना भन्दा बढी अवधिको मुद्दती निक्षेपमा १० प्रतिशत ब्याज दिने जानकारी दिएको छ। मन्जुश्रीले सामान्य, नारि र बालबालिका बचत खातामा बार्षिक ८।५० प्रतिशत र सेभिंगमा ९ प्रतिशत ब्याज दिने बताएको छ।   

त्यसैगरि रिलायन्स फाइनान्सले ४ महिना अवधिको मुद्दतिमा १२% र १ वर्षका लागि १२.५०% ब्याज दिने जानकारी दिएको छ। 

बैंक वित्तीय संस्थाले मुद्दती निक्षेपमा नै १२-१३ प्रतिशतसम्म ब्याज दिन थालेपछी कर्जाको ब्याजदर बढेर १७ प्रतिशतसम्म पुगेको छ। यसले समग्र अर्थतन्त्र नै प्रभावित भएको छ भने शेयरबजार झनै प्रभावित भएको छ। 







Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved