सिभिलले बचत खातामै १० प्रतिशत व्याज दिने, साथमा ५ लाखको निशुल्क विमा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 21, 2018 | 04:10:56 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंक लिमिटेडले सर्वोच्च ब्याजदर पाइने बचत खाता योजना 'सगरमाथा बचत खाता' ल्याएको छ। बैंकले यस बचतमा दश प्रतिशत बार्षिक ब्याजदर दिने जनाएको छ। 

न्युनतम मौज्दात एक हजारमा नै ग्राहकले 'सगरमाथा बचत खाता' खोल्न सक्नेछन। यस खातामा ग्राहकहरुले निशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, चेक बुक, एस.एम.एस. बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा र लकरको वार्षिक शुल्कमा ५०% छूट पाउनेछन। त्यस्तै पाँच लाखसम्मको  दूर्घटना मृत्यु-अपाङ्गताको निःशुल्क बीमाको ब्यवस्था समेत गरिने बैंकले जनाएको छ ।   

बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङले विद्यमान अवस्थामा सर्वोच्च ब्याज दरका साथै अन्य बैंकिङ सेवामा निःशुल्क÷बिशेष छूट सहितको यस बचत खाताबाट ग्राहकहरु लाभान्वित हुने बताए। बैंकले आफ्ना ग्राहकहरुलाई आगामी दिनमा थप यस्तै आकर्षक सेवा÷योजनाहरु प्रदान गर्दै जाने बताएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved