सिद्दार्थले १४ प्रतिशत लाभांश पारित गर्न डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 22, 2018 | 08:50:58 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्दार्थ बैंकले बार्षिक साधारणसभा प्रयोजनका लागि शेयरधनि दर्ता पुस्तिका बन्द गर्ने मिति तय गरेको छ। बैंकले चैत ४ गते डाकेको साधारणसभाका लागि फागुन २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। 

फागुन १६ सम्म कायम शेयरधनिहरुले बैंक साधारणसभामा भाग लिन र गत आर्थिक बर्षको कमाईबाट वितरण गरिएको लाभांश प्राप्त गर्न सक्नेछन। बैंकले गत आर्थिक बर्षको कमाईबाट १४ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ। 

१४ प्रतिशत बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पुंजी हालको ६ अर्ब ८२ करोडबाट ८ अर्ब ४७ करोड नाघ्नेछ। बैंकले फागुन २ देखि १० प्रतिशत हकप्रद बिक्रि गरिरहेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ७७ करोड २८ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।


  





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved