माछापुच्छ्रे बैंकद्वारा ग्राहकलाई सिआरएन नम्बर लिन अपिल

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 22, 2018 | 06:19:10 PM मा प्रकाशित

laxmi  sunrise bank

सि-आस्वा भोलि (शुक्रबार) देखि पूर्णरुपमा कार्यन्वयनमा आउने भएको छ। सि-आस्वा कार्यन्वयनमा आएपछि सार्वजनिक निष्काशनको शेयरमा आबेदन दिन लगानीकर्ताले अनिवार्य रुपमा सीआरएन नम्बर लिनुपर्ने हुन्छ। 

फागुन ११ देखि सि-आस्वा सेवा नलिएका अर्थात सिआरएन नम्बर नलिएकाले सार्वजनिक निष्काशनका शेयरमा आबेदन दिन पाउनेछैनन। तर सीआरएन नम्बर लिएका लगानीकर्ताले 'मेरो शेयर' सफ्टवेयरको सेवा लिएर आफैंले इन्टरनेटबाट अनलाइन मार्फत आबेदन दिन पाउनेछन भने अनलाइनबाट आबेदन दिन 'अप्ठ्यारो' भएकाहरुले भने सीआरएन नम्बर लिएको सम्बधित बैंकमा गएर सार्वजनिक निष्काशनको शेयरमा आबेदन भर्न पाउनेछन। 

फागुन ११ देखि नै यो प्रणाली लागू हुने भएकाले यस प्रणालीमा आबद्ध बैंक वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई सि-आस्वा सेवा लिन सुचना जारि गरेका छन। 

यसैक्रममा माछापुच्छ्रे बैंकले सीआस्वा सम्बन्धी सूचना प्रकाशित गरेको छ। बैंकले ग्राहक सुविधालाई केन्द्रित गरि सम्पूर्ण बैंकका शाखाहरुबाट सि-आस्वा रजिष्ट्रेशन नम्बर लिने व्यवस्था मिलाएको जानकारी दिएको छ। 

यस व्यवस्था पश्चात अब ग्राहकले माछापुच्छ्रे बैंकको कुनै पनि शाखाबाट सि–आस्बा रजिष्ट्रेशन नम्बर लिई सि–आस्बा प्रणाली मार्फत धितोपत्र खरिद गर्न आवेदन दिन सक्छन् । 

अनलाइन मार्फत आबेदन दिन चाहने ग्राहकले सिडिएस् एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा प्रदान गरिएको मेरो शेयर सेवा आफ्नो डिम्याट खाता भएको निक्षेप सदस्यमा गई उक्त सेवा लिन समेत बैंकले अनुरोध गरेको छ।    

बैंकको सम्पूर्ण शाखाहरु मार्फत डिम्याट खाता खोल्न सकिने र मेरो शेयरमा पनि दर्ता गर्न सकिने तथा शून्य मौजदातमै बचत खाता खोल्न सकिने व्यवस्था गरेको जनाईएको छ।  

माछापुच्छ्रे बैंकले देशभरका आफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १४ शाखा रहित बैकिङ सेवा समेत गरि ८० स्थानबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।   

बंैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १४ शाखा रहित बंैकिङ्ग  सेवा समेत गरी जम्मा ८० स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा  प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved