ग्लोबल आइएमई बैंकको थप २ शाखारहित बैंकिङ्ग सेवा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 23, 2018 | 01:53:30 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंकले तनहूँ र लम्जुङ्गमा शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ । बैंकले हिजो बिहिबार  तनहूँ जिल्लाको भानु नरपालिका वडा नं. १०, कालीमाटीमा आफ्नो ७१ औँ र लम्जुङ्ग जिल्लाको मध्यनेपाल नगरपालिका वडा नंं. ३, सोतीपसलमा ७२ औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको हो । 

तनहूँ जिल्लाको कालीमाटीमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन भानु नरपालिकाका मेयर उदय राज गौलीले गर्दै स्थानिय उपेन्द्र बाबु तिवारीलाई त्यस शाखारहित बैंकिङ्ग सेवाको व्यवसायीक प्रतिनिधि नियुक्त गरे  । 

त्यस्तै लम्जुङ्ग जिल्लाको सोतीपसलमा खोलिएको सेवाको उद्घाटन मध्यनेपाल नगरपालिकाका मेयर रमेश कुमार पाण्डेले गर्दै स्थानिय बाबुराम पुरीलाई त्यस शाखारहित बैंकिङ्ग सेवाको व्यवसायीक प्रतिनिधि नियुक्त गरेका छन् । 

कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यि क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो । 

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ११५ वटा शाखा, १२७  वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ७२ वटा शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।  त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved