सि-आस्वा पूर्णरुपमा कार्यन्वयनमा आएसंगै बैंक वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई सीआरएन नम्बर लिनका लागि धमाधम सुचना जारि गरेका छन। फागुन ११ देखि सार्वजनिक निष्काशनको शेयरमा आबेदन दिन लगानीकर्ताले अनिवार्य रुपमा सीआरएन नम्बर लिनुपर्ने भएकाले बैंकहरुले सीआरएन नम्बर लिन अपिल गरेका हुन।
यसै क्रममा लक्ष्मी बैंकले सीआस्वा सम्बन्धी सूचना प्रकाशित गरेको छ। बैंकले ग्राहक सुविधालाई केन्द्रित गरि सम्पूर्ण बैंकका शाखाहरुबाट सि-आस्वा रजिष्ट्रेशन नम्बर लिने व्यवस्था मिलाएको जानकारी दिएको छ।
यस व्यवस्था पश्चात अब ग्राहकले लक्ष्मी बैंकको कुनै पनि शाखाबाट सि–आस्बा रजिष्ट्रेशन नम्बर लिई सि–आस्बा प्रणाली मार्फत सार्वजनिक निष्काशनको शेयरमा आबेदन भर्न सक्नेछन।
सीआरएन नम्बर लिएका लगानीकर्ताले 'मेरो शेयर' सफ्टवेयरको सेवा लिएर आफैंले इन्टरनेटबाट अनलाइन मार्फत आबेदन दिन पाउनेछन भने अनलाइनबाट आबेदन दिन 'अप्ठ्यारो' भएकाहरुले भने सीआरएन नम्बर लिएको सम्बधित बैंकमा गएर सार्वजनिक निष्काशनको शेयरमा आबेदन भर्न पाउनेछन।
अनलाइन मार्फत आबेदन दिन चाहने ग्राहकले सिडिएस् एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा प्रदान गरेको मेरो शेयर सेवा लिनुपर्ने हुन्छ। यसका लागि आफ्नो डिम्याट खाता भएको निक्षेप सदस्यमा गई उक्त सेवाका लागि आबेदन दिनुपर्ने हुन्छ। बैंक वा निक्षेप सदस्यले तपाईको आबेदन रुजु गरिसकेपछि एउटा युजर नेम र पासवर्ड दिनेछ र त्यहि युजर नेम र पासवर्ड मार्फत 'मेरो सेयर' बाट इन्टरनेट मार्फत अनलाइनबाट नै सार्वजनिक निष्काशनको सेयरमा आबेदन दिन सकिनेछ। यो सेवा लिनका लागि तपाइँले बार्षिक ५० रुपैयाँ तिर्नुपर्ने हुन्छ। नबिल बैंक लगायत केहि संस्थाले भने यो सेवा निशुल्क गरेका छन।