लूम्विनी विकास बैंकद्वारा वृद्धाश्रमलाई सहयोग

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 25, 2018 | 04:50:34 PM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी विकास बैंकले चितवनको देवघाट अवस्थित रोटरी करुणालय वृद्धाश्रमलाई आर्थिक सहयोग गरेको छ। बैंकले आफ्नो संस्थागत सामजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा रोटरी क्लब अफ चितवनद्वारा संचालित वृद्धाश्रमलाई एक लाख रुपैयाँ सहयोग गरेको हो।

बैंक संचालक समितिका अध्यक्ष सुशीलराज पराजुलीले वृद्धाश्रमलाई व्यवस्थित रुपमा संचालन गर्न रोटरी क्लब अफ चितवनका अध्यक्ष शरदगोपाल न्याछयौलाईलाई एक समारोहकाबीच एक लाखको चेक हस्तान्तरण गरे।

सो अवसरमा पराजुलीले यस किसिमका विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्ने एवं बैंक आफैं प्रत्यक्ष सहभागी भई सेवा पुर्याउने बताए।   



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved